बैदेशिक रोजगारीमा जाने धेरै फर्किने न्यून

काटमाडौं- पछिल्लो समय वैदेशिक रोजगारीमा गए जति कामदार स्वदेश नफर्कने गरेको पाइएको छ। स्वदेशमा रोजगारीको अवसर नपाउँदा बिदेसिएका युवायुवती विदेश पुगेपछि उतैको माहोलमा रमाउँदा फर्कनेको संख्या निरन्तर घटिरहेको छ। 

काम गर्न विदेश गएकाहरू उतै रमाउन थालेपछि नेपालको जनसंख्या ऋणात्मक हुन सक्ने कतिपयले आशंका गरेका छन्। यद्यपि अहिलेसम्म जन्मदर उच्च भएका कारण बर्सेनि जनसंख्या बढिरहेको छ। यसको असर दीर्घकालमा पर्न सक्ने तथ्यांकशास्त्री बताउँछन्।

केन्द्रीय तथ्यांक विभागका अनुसार सन् २०१५ मा वैदेशिक रोजगारीमा गएकामध्ये २७ हजार आठ सय २८ स्वेदश फर्केनन्। त्यसमा महिलाको संख्या तीन हजार चार सय ५१ छ । ‘एक वर्षमा जतिजना वैदेशिक रोजगारीमा गएका थिए, तीमध्ये २७ हजार ८ सय २८ जना स्वदेश फर्केको पाइएन,’ विभागका तथ्यांक अधिकृत तीर्थराज बरालले भने, ‘वैदेशिक रोजगारीमा गएकामध्ये सबै नफर्कने क्रम अर्को १० वर्षसम्म जारी रहने प्रक्षेपण गरिएको छ।’

हाल नेपालको जन्मदर त्यति घटिनसकेका कारण विदेशमै बस्दा त्यसको प्रत्यक्ष असर नदेखिए पनि अप्रत्यक्ष भने देखिन थालेको विज्ञहरू बताउँछन्। गाउँमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्नु, काम गर्ने उमेरको जनशक्ति कम हुनु वैदेशिक रोजगारीले निम्त्याएका संकटको रूपमा धेरैले लिएका छन्। सन् २०१५ मा नेपालमा ६ लाख २२ हजार ४ सय ३४ बालबालिका जन्मिएको र २ लाख २ हजार ७ सय ५५ जनाको मृत्यु भएको तथ्यांक छ। ‘जन्म दर उच्च भएकाले सन् २०१५ मा मृत्यु संख्या र विदेशमै बस्नेको संख्या घटाउँदा पनि नेपालको जनसंख्यामा तीन लाख ९३ हजार पाँच सय ९० जना थपिए,’ तथ्यांक विभागका उपमहानिर्देशक रुद्र सुवालले भने। नेपालको जनसंख्या दुई करोड ८२ लाख पुगेको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७०/७१ मा ५ लाख २७ हजार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष ०७१/७२ मा पाँच लाख १२ हजार विदेश पसे। श्रम स्वीकृति नलिई विदेश पस्नेको संख्या बसर्ेेनि बढिरहे पनि त्यसरी बिदेसिनेको यकिन विवरण छैन। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ लाख ७४ हजार ९ सय २६ कामदार श्रम स्वीकृति लिएर विदेश गएका छन्। अघिल्लो वर्षको सोही अवधिमा २ लाख २५ हजार ९ सय ७७ वैदेशिक रोजगारीमा गएका थिए।

चालु आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि तथ्यांक विभागले भविष्यमा बाहिरिएको अनुमापतमा स्वदेश नफर्कने क्रम जारी रहने अनुमान गरेको छ। नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत खाडीका ६ मुलुक र मलेसिया जान्छन्। चालु आर्थिक वर्षको ५ महिनामा श्रम स्वीकृति लिएर सबभन्दा बढी कतारमा ५४ हजार एक सय २७ कामदार गए। धेरै कामदार जाने अर्को मुलुक साउदी अरब हो। त्यहाँ ५३ हजार सात सय ५३ कामदार गएका छन्। तेस्रो स्थानमा मलेसिया छ। अघिल्लो वर्षसम्म एक नम्बरमा रहेको मलेसिया जानेको संख्या ३१ हजार २ सय १ मा सीमित छ।

वैदेशिक रोजगार व्यवसायीका अनुसार मलेसियाको अर्थतन्त्रमा केही समस्या तथा त्यहाँको मुद्राको विनियम दर घट्नु र नेपाल सरकारले बायोमेटि्रक प्रणाली तथा फ्री भिसा फ्री टिकट घोषणापछि बढेको विवादले व्यवसायीले माग नल्याउँदा मलेसिया जानेको संख्या घटिरहेको बताइन्छ। पाँच महिनाको तथ्यांक हेर्दा यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा घट्न सक्ने व्यवसायीको अनुमान छ।

खाडी मुलुक र मलेसियाको तुलनामा विकसित देश पुगेका कामदार नफर्कने गरेको पाइएको छ। सरकारले विश्वका १ सय ९ देशमा श्रम स्वीकृति दिएर कामदार पठाइरहेको छ। २०६५ सालयता करिब ४१ लाख युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: