युएईमा छायाँकन गरियो अर्को म्यूजिक भिडियो 

दुबई- यूएईको नेपाली समुदायमा प्रतिभाशाली गायकको रुपमा चर्चित बन्दै गएका भेडेटार धनकुटाका नन्दु राईले अर्को एक गीतको म्युजिक भिडियोको छायांकन दुबईमा गरेका छन्।केही साता अघि मात्र उनको परदेशमा आइयो बोलको म्युजिक भिडियोको दुबईमै छायांकन भएको थियो।

लोकगीत, पपगीत तथा लोकपपगीतको फ्युजन गरी कर्णप्रिय गीत गाउन सिपालु राईले यसपालि आधुनिक गजल विधाको गीतको भिडियो बनाउन लागेका हुन्।सुसेली एल्मबको एकगीत पिउन बाँकी छको म्युजिक भिडियो नेपाली संगीत पारखीहरुसमक्ष चाँडै सार्वजनिक गर्ने राईले बताएका छन्।

करिब ८ वटा गीतमा मोडलिङ गरिसकेकी यूएईको नेपाली मोडलिङमा चर्चाको शिखरमा रहेकी सारिका सुनारलाई यसभिडियोमा साथ दिएका छ शाहिद न्यौपानेले । 

दुबईका रमणीय स्थानहरु देरा, आब्रा लगायतका ठाउँमा छायांकन गरिएको भिडियो सम्पादनको क्रममा रहेको छ।

प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रहेको यो गीत ओपस स्टुडियोमा रेकर्डिङ गरिएको हो।टेकेन्द्र याक्सो एरेन्जर रहेको गीत सेन्टिमेन्टल भावमा रहेको र यसको भिडियो वियोगान्त बन्ने निर्देशक मुनाल कोइरालले बताएका छन्।

संगीत प्रतिको आफ्नो  लगावलाई निरन्तरता दिइरहेका राई यूएईका नेपाली सांगीतिक मञ्चहरुमा छाइरहेका यो समयका सक्रिय गायक हुन्। सबै प्रकृतिका गीत गाउन पोख्त गायक राई क्यारिकेचरमा पनि सिपालु छन्। 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: