काठमाडौं, पुष २४
श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले एकसय दिन भित्र मन्त्रालयले गर्ने कामको योजना सार्वजनिक गरेका छन् । आज एक पत्रकार सम्मेलन गरी मन्त्री बोहोराले बैदेशिक रोजगारीमा जाने योजना बनाइकाहरु देखि फर्केकाहरुलाई समेत लक्षित गर्दै कार्यक्रम सार्वजनिक गरेका हुन् । यसैगरी स्वदेशको श्रम क्षेत्रलाई पनि लक्षित गरी केहि कार्यक्रमहरु बनाइएको छ ।
मन्त्री बोहोराले आफूले एक सय दिन भित्रम यी काम पूरा गर्ने अठोट प्रकट गर्दै एकसय दिन पछि पुनः पत्रकार सम्मेलन गरेर यसका बारेमा आफूले जवाफ दिने बताए ।
पढ्नुहोस् मन्त्री बोहोराले सार्वजनिक गरेका एक सय दिन भित्र श्रम तथा रोजगार मन्त्रालयका तर्फबाट गर्ने ३० बुँदे योजनाहरु