युएईको बसाई टुँग्याएर स्वदेश फर्किदै गर्दा अवुधावी एयरपोर्टमा हर्ट एट्याक भएर मृत्यु  

काठमाडौं, पुष २३ 

तीन दशक लामो युएईको बसाई टुँग्याएर स्वदेश फर्किंदै गरेका एक भारतीय व्यापारीको युएईको अवुधावी विमानस्थलमा मृत्यु भएको छ । उनको हृदयाघातबाट मृत्यु भएको युएईका सञ्चार माध्यमहरुले खवर लेखेका छन् । 

साहुल हमाद नामका ५८ बर्षिय ति व्यक्ति युएईको अल ऐनमा झण्डै ३५ बर्षदेखि रेष्टुराँ चलाएर बसेका थिए । तर उनले आफ्नो युएई बसाईलाई टुँग्याउँदै स्वदेश फर्किने इच्छा भनें पूरा हुन पाएन । उनी अवुधावी एयरपोर्टमा हातमा बोर्डिंग पास बोकेको अवस्थामा नै हृदयाघात भएर ढल्न पुगेका थिए । उनको त्यहिं मृृत्यु भएको थियो । 

उनी युएईमा रहेका सम्पूर्ण साथि तथा आफन्तलाई शनिवार भेटघाट गरी भारतमै बस्नेगरी स्वदेश फर्किंदै थिए । उनी कलकत्ताका लागि उड्न तम्तयार रहेको समाचारमा जनाइएको छ । परिवारलाई केहि घण्टाले मात्र भेट्न नपाएका उनको शव खलिफा अस्पताल पुर्याइएको छ । उनका तीनजना छोरीहरु भएको समाचारमा उल्लेख छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: