
काठमाडौं, पुष २३ – रुवान्डामा बस्ने नेपालीहरुले भूकम्पले भत्किएको नुवाकोटको तारुकास्थित दुई विद्यालय र एउटा क्याम्पस भवन निर्माण गरिदिएका छन् ।
ग्रामीण विकास प्रतिष्ठानको पहलमा रुवाण्डाका विभिन्न निकायमा कार्यरत नेपालीहरुले निजी रुपमा संकलित आर्थिक सहयोगबाट तारुका श्रीकृष्ण उच्चमाविको लागि दुईवटा भवन र तारुका श्रीकृष्ण कलेजको लागि एक भवन गरी जम्मा ती वटा भवन निर्माण गरेको छ ।
करिव १५ लाखको लागतमा निर्माण भएको उक्त भवनहरुबाट तारुकाका ७ सय विद्यार्थी लाभान्वित भएको छ ।
कान्तिपुरबाट