कतारको उधारो कानूनः दुई बर्षे प्रतिवन्ध हट्दै, तीन दिन भित्रमा घर फर्किन पाउने   

काठमाडौं- नयाँ श्रम कानून लागु भएपछि कतारमा यसअघि कामदारका लागि लाग्दै आएको दुई बर्षे प्रतिवन्ध हट्ने भएको छ । कतारको आन्तरिक मन्त्रालयले नयाँ कानून लागु भएपछि अहिले जस्तो रोजगारदाताले ‘एक्जिट पर्मिट’ नदिएको अवस्थामा अदालती आदेश मार्फत स्वदेश फर्केका विदेशी कामदारले पुनः कतारमा काम गर्न आउन झेल्दै आएको प्रतिवन्ध हट्ने प्रष्ट पारेको छ । 

कतारडे डटकमका अनुसार नयाँ कानून लागु भएपछि कतारबाट बाहिरएको दोश्रो दिन नै अर्को रोजगारदाताकोमा काम गर्न कुनै पनि विदेशी कामदारलाई प्रतिवन्ध नरहने व्यवस्था ह’ने समाचार लेखेको छ । 

कतारमा आयोजित पत्रकार सम्मेलनमा ब्रिगेडियर मोहम्मद अहमद अल अतिकले कफला प्रणालीमा रहेको यो व्यवस्था नयाँ कानून लागु भएसँगै हट्ने प्रष्ट पारेका हुन् । उनका अनुसार कफलामा भएको व्यवस्था अनुरुप नयाँ कानून लागु भएपछि पुनः कतारमा रोजगारीमा जान चाहनेले पुरानो रोजगारदाताको सहमति लिनुपर्ने छैन । यसले हाल एक्जिट पर्मिटको नाममा कतारका रोजगारदाताले कामदारमाथि गर्दै आएको शोषण र बाध्यकारी श्रमको अवस्थामा केहि सुधार हुने यस क्षेत्रमा कार्यरतहरुले अपेक्षा गरेका छन् । 

रोजगारदाताले कुनै कामदारलाई मुलुक छोड्न नदिएमा त्यस्तो व्यक्तिले सरकारी निकायमा निवेदन दिनसक्ने र त्यसको उचित छानविन गरी न्याय दिइने समेत अतिकले बताए । त्यस्तो निवेदनको तीनदिन भित्रमा टुँगो नलागे अदालतमा स्वतः जाने व्यवस्था समेत गरिएको उनले बताएका छन् । नयाँ कानून लागु भएपछि कुनै पनि कामदारले स्वेच्छाले स्वदेश फिर्न चाहे रोजगारदातालाई जानकारी गराएर तथा सरकारी निकायबाट स्वीकृति लिएर जान पाउन मन्त्रालयले प्रष्ट पारेको छ । 

कफला प्रणालीको अन्त्य भएसँगै रोजगारदाता र कामदारबीचको कार्यसम्वन्ध श्रम सम्झौताले निर्देशित गर्ने र कफिलको स्थानमा रोजगारदाता शव्दको प्रयोग हुने उनले बताए । ५ बर्ष भन्दा कमको श्रम सम्झौता गरिएको अवस्थामा रोजगारदातालाई दुई महिनाको जानकारी दिएर कामदारले रोजगारदाता समेत फेर्न सक्ने समाचारमा जनाइएको छ । तर यसका लागि सरकारी निकायको भनें अनिवार्य रुवीकृति लिएको हुनु पर्नेछ । 

तर नयाँ कानून कहिलेदेखि लागु हुन्छ भन्ने यकिन गरिएको छैन । यसअघि नयाँ तथा सुधारिएको भनिएको श्रम कानूनलाई कतारका शेखले गत अक्टोवरमा स्वीकृत गरेका छन् । कतारमा सामान्यतया शेखले स्वीकृत गरेर राजपत्रमा प्रकाशित भएको एक बर्षपछि कानून लागु हुने गरेको छ । तर यो उधारो कानून हालसम्म राजपत्रमा प्रकाशित नगरिएका कारण कतारको प्रतिवद्धतामा अझै आशंका छ ।  

पुष २२ मा प्रकाशित 

यो पनि पढ्नुहोस्

कतारको नयाँ कानूनमा भिसा, टिकट, काम गर्ने समय, ओभरटाईम र विदा सम्वन्धि के छ व्यवस्था ?

युएईमा भिसामा नयाँ व्यवस्था 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय