ठगिको आरोपमा एक म्यानपावर व्यवसायी पक्राउ

काठमाडौं– बैदेशिक रोजगारीमा लगाइदिने बहानामा ६ जना युवाबाट ३९ लाख रुपैयाँ ठगी गर्ने एक म्यानपावर व्यवसायीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। ठगीमा संलग्न ललितपुरको ग्वार्कोमा सञ्चातिल नेल्को इन्टरनेशनल म्यानपावर कम्पनीका प्रबन्धक २४ वर्षका विजयराज खड्कालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ।

झापा शनिअर्जुन नगरपालीका–५ घर भई हाल ललितपुरमा व्यवसाय गर्दै आएका खड्काले काठमाडौं चन्द्रागिरि नगरपालिका–७ बस्ने सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाशकुमार पाख्रिन, कुमार श्रेष्ठसहित ६ जनाबाट प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँका दरले रकम असुली गरेर ठगेको प्रहरीले जनाएको छ।

खड्काले ती युवाहरुलाई सिंगापुरमा तालिममा पठाउने र तालिम सकिएपछि रोजगारीमा लगाई दिने भनी उक्त रकम गैरकानुनि तवरले असुलेको प्रहरीले जनाएको छ। ठगी गरेपछि विदेश भागी जान लागेका अभियुक्त खड्कालाई महानगरीय विमान स्थल सुरक्षा कार्यालयको सहयोगमा पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। 

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: