युएईमा भिसामा नयाँ व्यवस्था

काठमाडौं -युएईमा पर्यटक भिसालाई त्यहाँ काम गर्ने गरी परिवर्तन गर्न अव सहज भएको छ । त्यहाँको आन्तरिक मन्त्रालयले त्यस्तो भिसालाई परिवर्तन गर्न युएईबाट बाहिरिनु पर्ने व्यवस्थालाई हटाइएको जनाएको छ । 

आन्तरिक मन्त्रालयका प्रवक्ता रसिद सुल्तान अल खादरले सन् २०१४ मा गरिएको व्यवस्था अनुसार अव जुनसुकै प्रकृतिको भिसा भएका व्यक्तिले पनि युएईमा बस्न पाउने प्रकृतिको भिसामा रुपान्तरण गर्न सक्ने जनाएका छन् । यसले पर्यटक भिसामा युएई गएर आफैंले रोजगारीको खोजी गरी बस्न चाहनेहरुलाई सहज हुने छ । साथसाथै यहि बहानामा नेपालबाट पर्यटक भिसामा युएई पठाउने दलालहरुको चलखेलमा मद्धत समेत पुग्न सक्ने अनुमान छ । 

सामान्य प्रकृयाबाट सहज रुपमा नै तोकिएको शुल्क तिरेर अन्य भिसा(पर्यटक) मा आएकाहरुले युएईमा बसेर काम गर्नेगरी भिसा परिवर्तन गर्न सक्नेछन् अल खादिरलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ । यस अगाडी पर्यटक भिसामा युएई पुगेको व्यक्तिले रोजगारी खोजेर एकपटक त्यहाँबाट बाहिरिनु पर्ने र पुनः अर्को भिसा लगाएर युएई जानुपर्ने व्यवस्था थियो । यसैगरी युएईमा कार्यरत व्यक्तिका श्रीमान् वा श्रीमतिले पनि यहि प्रकृया पार गर्नुपर्ने व्यवस्था यसअघि थियो । 

मन्त्रालयका अधिकारीहरुले यो व्यवस्था युएईमा रोजगारी खोजेर गर्न चाहने आप्रवासी कामदारका लागि थप यात्राको झण्झट नपरोस् भनेर गरिएको हो । अल खादिरले यसले उनीहरुको समय बचाउने बताएका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय