भूकम्प पीडित श्रमिकलाई सहयोग  

काठमाडौं, पुष २०- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गत बैशाखको भूकम्पमा परेर मृत्यु भएका आफ्ना सदस्यका परिवार तथा आफन्त गुमाएका सदस्यहरुलाई राहत वितरण गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी संगठनले राहत वितरण गरेको हो । 

संगठनको सदस्य रहेका र भूकम्पमा परी ज्यान गुमाएकाहरुका परिवारलाई संगठनले प्रतिव्यक्ति रु २० हजारका दरले राहत प्रदान ग¥यो । यसरी राहत पाउनेमा ७ परिवार रहेका छन् । यसैगरी परिवारका सदस्य गुमाएका संगठनका सदस्यलाई प्रतिव्यक्ति रु १० हजारका दरले सहयोग गरिएको छ । 

राहत हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड यूनियन महासंघ, जिफन्टका महासचिव विष्णु लम्सालले यो ठूलो सहयोग नभई आफ्ना सदस्यहरुसँग भावना मात्र साटिएको बताए । उनले श्रमिकको संगठनले धेरै ठूलो सहयोग गर्न नसकेपनि पीडाको समयमा यूनियन साथमा छ भन्ने भावनाका लागि यो काम गरिएको बताए । 

लम्सालले भूकम्प पश्चात कसरी उद्धार तथा राहतको काम गर्ने भन्ने कुनै अनुभव नभएको अवस्थामा गत बैशाखको भूकम्पले ठूलो पाठ सिकाएको बताए । त्यहि बीचमा पनि झण्डै दुई करोड बरावरको सहयोग विभिन्न सहयोगि निकायसँगको समन्वयमा वितरण गर्न जिफन्ट सफल भएको महासचिव लम्सालको भनाई छ । उनले यसअगाडी नै महासंघले जिफन्ट आवद्ध ८ सय ७६ श्रमिक परिवारलाई राहत वितरण गरिसकेको स्मरण पनि गरे । उनले थप सहयोगका लागि जिफन्टले आफ्नो माध्यम मार्फत प्रयत्न गर्ने जानकारी दिए । 

सोही अवशरमा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजीव घिमिरेले यातायात मजदुरहरु पछिल्लो दुईतीन बर्षयता पीडित भइरहेको बताए । उनले अरनिको राजमार्गमा आएको पहिरोमा परेर थुपै्र यातायत मजदुरको ज्यान गएको, कयौंले रोजगारी गुमाएको भन्दै पछिल्लो समयमा भूकम्प र तराईको नाकावन्दीले समस्या थपेको बताए । 

अध्यक्ष घिमिरेले एउटालाई परेको समस्यामा अर्कोले साथ दिने उद्धेश्यले नै भूकम्पमा परेर ज्यान गुमाएका सदस्यका परिवार र आफन्त गुमाएका संगठनका सदस्यहरुलाई सहयोग गरिएको बताए । उनले भूकम्प पश्चात छाता संस्था जिफन्टको अगुवाईमा विभिन्न जिल्लामा छरिएर उद्धार र राहत वितरणमा खटिएको स्मरण पनि गरे । 

संगठनका महासचिव भीमज्वाला राईले २०७१ साउनमा सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोमा परेर संगठनका ६ जना सदस्य सहित ४९ जनाले ज्यान गुमाएको भन्दै यस्तो आपतको समयमा सदैव मद्धतका लागि संगठन लागि पर्ने बताए । उनले भूकम्प पीडित श्रमिकलाई सहयोग गर्न जिफन्टले ठूलो भूमिका खेलेको भन्दै श्रमिकलाई संगठित हुन आग्रह पनि गरे । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: