कतारमा एक नेपाली सहित ५ जनालाई मृत्युदण्डको फैसला, रोजगारदातालाई मारेको अभियोग

काठमाडौं, पुष २० 

कतारमा रोजगारदाताको हत्या गरेको अभियोगमा एक नेपाली सहित ५ जनालाई स्थानीय एक अदालतले मृत्युदण्डको फैसला गरेको छ । ति नेपालीको नाम शहताज शेख भएको स्थानीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् । मृत्युदण्डको फैसला हुने अन्य चारजना बंगलादेशी नागरिक भएको समाचारमा जनाइएको छ । उनीहरुको अनुपस्थीतिमा मृत्युदण्डको फैसला गरिएको समाचारमा उल्लेख छ । उनीहरुलाई योजनावद्ध ढंगमा रोजगारदाताको हत्या, चोरी तथा ढाँटेको अभियोगमा अदालतले दोषि ठहर गरेको हो । यो घटना सन् २०१४ को जनवरीमा भएको समाचारमा उल्लेख छ । 

अदालतका अनुसार हत्या गरिएका ति रोजगारदाता सन् २०१४ को जनवरी ९ तारिखमा अन्य कामदार सहित विहान ९ बजे घर निर्माणको काममा गएका थिए । ति ५ जनाले अकस्मात अन्य कामदारलाई धम्क्याउँदै शौचालयमा बन्द गरेको र रोजगारदातालाई मारेको अदालतले ठहर गरेको छ । ति व्यक्तिको शव भोलीपल्ट उनका भाइले फेला पारेको समाचारमा जनाइएको छ । फरेन्सीक टेष्टमा ति व्यक्तिको टाउकोमा धेरैपटक हथौडाले हानेर हत्या गरिएको प्रमाणित भएको अदातलले उपलव्ध गराएको नोटमा जनाइएको छ । 

रोजगारदाताको हत्या गरेपछि उनीहरुले ति व्यक्तिको स्मार्टकार्ड चोरेको र नक्कली रुपमा एक्जीट पर्मिट बनाएको जनाइएको छ । त्यसरी मारिने व्यक्तिको नाम र उनी कुन देशका थिए भनेर अदालतले खुलाएको छैन । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: