यूएई, पुष २०- तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा डीएक्सएन युएई नेपाली परिवारले यूएईको अलऐनमा एक भव्य वनभोज तथा मनोरन्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । करिब ४ सय नेपालीहरुका बीच सम्पन्न कार्यक्रम अलऐनको जाबेलाहफित नजिकैको पार्कमा भव्यताका साथ मनाइएको कार्यक्रमका संयोजक कैलाश अर्यालले जानकारी दिएका छन् ।
सो अवशरमा प्रमुख अतिथिका रुपमा बोल्दै डिएक्सएन मध्यपूर्वकै धु्रवतारा मानिने भानुभक्त धमलाले हरेक वर्षझैँ आफ्ना सदस्यहरुको खुसी तथा आपसी मित्रताका लागि वनभोज कार्यक्रम आयोजना गरेको बताए । उनले नयाँ सालको सुरुवातसँगै नयाँ रणकौशलहरु दिने क्रममा कम्पनीले यसबाहेक बर्षभरि नै नेपाली चाडपर्वहरु सामूहिक रुपमा मनाउने र कम्पनीको तर्फबाट उत्कृष्ट र सक्रिय व्यक्तित्वहरुलाई निःशुल्क मलेसिया भ्रमण र अन्य कार्यक्रमहरु बारे पनि जानकारी दिएका थिए ।
यसै क्रममा गत बर्षको व्यापारको प्रर्वद्धनबाट एक दर्जन भन्दा बढी सदस्यहरु निःशुुल्क थाइल्यान्ड भ्रमण गएको जानकारी पनि दिइयो र यस वर्ष बनाएको रणनीति सबै जनाले पालना गरे अर्को वर्ष युरोप भम्रणमा जानका लागि हालको कोटा संख्या दोब्बर हुन सक्ने उनले बताए । यसका लागि सबै एकजुट भई काम गर्न र धेरै भन्दा धेरैलाई राम्रो स्वास्थ राम्रो आय अनि खुसी जीवन जिउन प्रमुख अतिथि धमलाले शुभकामना दिए ।
उनले उदाहरण दिँदै अन्य सदस्यहरुलाई पनि यसैगरी निरन्तरता दिएको खण्डमा आफ्नो खुट्टामा आफै उभिन सक्ने र विगतमा थुप्रै सदस्यहरुले राम्रो सेवा प्रदान गरेका कारण नेपाल फर्केर पनि यसैमा आबद्ध भई राम्रो कमाइ गरी स्वथ्य जीवन बाँचिरहेको बताए । नयाँ पीढीले पनि सक्रियतापूर्वक काम गर्न सके विदेसिएको सार्थक हुने भन्दै सबैलाई यस परिवारमा आबद्ध हुन अनुरोध समेत गरेका थिए ।
उक्त कार्यक्रममा दुबईबाट ८५ जनाा, अबुधाबीबाट १ सय ४०, सारजाहबाट ८० जना, रासअल खेमाबाट ८ जना र अलअलेनबाट ४० जना सहभागी थिए भने २७ जना स्थानीय नेपाली रहेको डीएक्सन नेपाली आयोजक टिमले जानकारी गराएको छ ।
उक्त कार्यक्रममा अबुधाबीबाट संयोजक अशोक केसी, जित बस्नेत, सेवा पाण्डे रहेका थिए भने दुवईबाट शोभाखर पौडेल, डम्बर मगर, कैलाश अर्याल, सारजाहबाट जीवन न्यौपाने, बालकुमार राई रासअल खेमाबाट, गुरुप्रसाद ज्ञवाली, विमल गौतम, अलऐनबाट सुनील पुर्बे, प्रकाश सुनवार रहेका थिए ।
डीएम्सएन युएईका सफल नेपाली व्यक्तिहरुले आपूmले प्राप्त गरेका सफलता र पाएका फाइदा समेत उपस्थित सबैलाई प्रस्तुत गरेका थिए । संयोजक टिमले पनि अलअलेनको रमाइलो ठाउँमा वनभोज गर्न पाउँदा आफु र अन्य सदस्यहरु लिएर साथमा मनाउन पाउदा खुसी ब्यक्त गरेका थिए ।