युएईमा सहकर्मीको हत्या प्रयासको अभियोगमा एक नेपाली पक्राउ

 

अवुधावी, पुष १८ 

अवुधावीमा एक नेपाली सहकर्मीको हत्या आरोपमा पक्राउ परेका छन् । उनको नाम प्रहरीले छोटकरीमा आरबी भनेको छ भने उनी चालकका रुपमा युएईमा कार्यरत रहेको उल्लेख छ । उनलाई दुईजना सहकर्मीको तीन पटक हत्या प्रयास गरेको प्रहरीले अभियोग लगाएको छ । 

ति व्यक्तिले बेलुकीको खानाको तयारी गरिरहेको समयमा धारिलो छुरी प्रहरी गरी साथिहरुको हत्याको प्रयास गरेको प्रहरीको भनाई छ । घटना हव्साना क्षेत्रको मदिना जायादमा भएको प्रहरीको भनाई छ । 

ति ४० बर्षिय नेपालीलाई साथिहरुलाई मार्ने उद्धेश्यले आक्रमण प्रयास गरेको ३५ मिनेटपछि पक्राउ गरिएको गल्फन्यूजले समाचार लेखेको छ । व्रिगेडियर ओजिल अलि अव्दुल्लाह अल जुनेवीका अनुसार घटनाका बारेमा थाहा पाउने वित्तिकै एम्वुलेन्स सहित प्रहरी घटनास्थलमा पुगेको थियो । 

घटनास्थलबाट एउटा लामो धारिलो छुरी फेला पारेको प्रहरीले जनाएको छ । सो छुरी बाथरुमको भेन्टिलेसनमा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । साथिहरुलाई आक्रमण प्रयास गरेर भागेका ति नेपाली लुकेर बसेको ठाउँबाट फेला पारेको समाचारमा उल्लेख छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: