एक मजदुरको जलेर मृत्यु

गुल्मी– मदिरा सेवन गरेर आगो ताप्दै गरेका एकमजदुरको आगोले जलेर मृत्यु भएको छ । शान्तिपुर बजार नजिकैको कुटानी पिसानी मिलमा डेरा गरी बस्ने मजदुर विशुखर्क–१ क झकबहादुर सार्कीको बिहीबार राति ज्यानगएको हो।

मजदुरी गर्दै आएका सार्की शान्तिपुरमा ४ जनाको परिवारसँगै थिए । बेलुकी खाना खाएपछि सार्कीका श्रीमति र छोरीहरु नजिकैको होटलमा टिभी हेर्न गएका थिए। मदिरा सेवन गरेर घरमै आगो तापिरहेका उनी श्रीमति तथा छोरीहरु फर्किंदा आगोले जलेर पहिचान गर्न नसक्ने अवस्था पुगिसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय