के छ कतार छोड्न पाउने नियम ?

काठमाडौं, पुष १६ 

कतारी नागरिक सहित कतार बाहिरका आप्रवासी कामदारहरुले कतारबाट बाहिर जान अनिवार्य रुपमा एक्जीट पर्मिट लिनु पर्ने व्यवस्था कतार सरकारले गरेको छ । त्यसैले कतारलाई विश्व मञ्चहरुमा यसले बाध्यकारी श्रमको अवस्था सिर्जना गरिरहेको गम्भीर आरोप लाग्ने गरेको छ । कतारको कानून अनुसार १८ बर्ष उमेर नपुगेका व्यक्ति, २५ बर्ष भन्दा कम उमेरका अविवाहित महिलाले पनि अनिवार्य रुपमा अभिभावको मञ्जुरी सहित एक्जीट पर्मिट लिनु पर्दछ । 

कतारमा दुई प्रकृतिका एक्जीट पर्मिटको व्यवस्था छ । पहिलो एक्जीट पर्मिट अन्तर्गत ७ दिनको अनुमति पाइन्छ । यसलाई सिंगल एक्जीट पर्मिट भनिन्छ । यसैगरी दोश्रोमा मल्टिपल एक्जीट पर्मिट रहेको छ । यो व्यवस्था अनुसार सरकारसँग अनुमति लिएपछि एकबर्ष भित्र कतार बाहिर जान पाइनेछ । 

तर यो सुविधा कतारी नागरिकका लागि सहज उपलव्ध छ । अन्य देशका आप्रवासी कामदारहरुलाई भनें रोजगारदाताले नो अव्जेक्सन लेटर दिएपश्चात वा श्रम अदालतले आदेश दिएपछि मात्र एक्जीट पर्मिट दिने व्यवस्था छ । त्यसैले धेरै कामदारले कतारमा भने अनुसारको काम र तलव सुविधा नपाएपनि बाध्यता पूर्वक काम गर्नु परिरहेको छ ।      

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय