काठमाडौं, पुष १६
कतारमा साईवर कानूनलाई दृढतापूर्वक लागु गरिने भन्दै आन्तरिक मन्त्रालयले यसमा सजग रहन अपिल गरेको छ । यसअगाडी पनि केहि व्इक्तिलाई कारवाही गरिएको भन्दै मन्त्रालयले यसको जानकारी पुनः गराएको हो ।
दोहा न्यूजका अनुसार मन्त्रालयले यसअगाडी गत मे महिनामा तीनजना आप्रवासी कामदारलाई ५ महिना जेल सजाय तथा प्रतिव्यक्ति १ हजार रियाल जरिवाना गगाएको हो । उनीहरुले फेसब’कमा आफ्ना बालबच्चा पढ्ने विद्यालयका बारेमा आपत्तिजनक कुराहरु लेखेको मन्त्रालयको भनाई छ । समाचार अनुसारविद्यालयले स्कुल फिमा गरेको बृद्धिका बारेमा उनीहरुले असन्तुष्टि जनाएका थिए ।
यसैगरी गत महिना मात्र एकजना महिलालाई ६ महिना कैद सजाय र २० हजार रियाल जरिवानाको फैसला गरिएको छ । उनले आफ्ना घरबेटीका बारेमा ह्वाट्स्एपमा कहि आपत्तिजनक कुरा लेखेको जनाइएको छ ।
आन्तरिक मन्त्रालय यी तथ्यका आधारमा सामाजिक सञ्जालमा जथाभावि नलेख्न पुनः जानकारी गराएको हो । मन्त्रालयले ट्वीटर मार्फत कतारमा रहेका विदेशी र स्वदेशी नागरिकलाई सजग गराएको हो । उसले सामाजिक सञ्जालसँगै ईमेल वा कुनै वेभसाइटमा गरिने टिप्पणीमा समेत साइवर कानून आकर्षित हुने प्रष्ट पारेको छ ।
उसले कुनै पनि सामग्री राम्रोेसँग नहेरी नखोल्न वा डाउनलोेड नगर्न, कुनै विश्वासयोग्य नभएको वेभसाइट नखोल्न र त्यस्ता वेभसाइट मार्फत कुनै सामग्री खरिद नगर्न सुचित गराएको छ । कुनै त्यस्तो शंकास्पद कुरा भएमा मन्त्रालयलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।