विहेको बहानामा भारत लगेर बेच्न खोज्ने पक्राउ 

कपिलवस्तु, पुस १५-

विवाहको बहानामा एक युवतीलाई भारततर्फ लैजाने विचौलिया अनुप नामले चिनिने निशान गुरुङ पक्राउ परेका छन् । जाजरकोटकी फुलमाया नेपाली (नाम परिवर्तन) लाई विवाहको बहानामा पारेर भारततर्फ लैजाने क्रममा के.आई नेपालले कपिलवस्तुको कृष्णनगरबाटै बेचबिखनको उच्च जोखिमबाट बचाएपछि विचौलिया अनुपको योजना असफल भएको हो । 

युवतीलाई सीमा कटाउने बेला सीमा निगरानीमा रहेको के.आई.नेपालले शंकाका आधारमा अनुपलाई सम्पर्कमा लिएको थियो । सोही क्रममा उनी फुलमायालाई बेच्न लैजाँदै गरेको खुलेको थियो । 

अनुपको फन्दामा परेकी फुलमायाले श्रीमान्ले अर्को विहे गरेपछि कामको सिलसिलामा गाउँकै एक महिलासँग काठमाडौं गई बसाईंको बेला धादिङ आरुबोटका विचौलिया अनुपसँग चिनजान भएको बताएकी छिन् । अनुपको नक्कली मायाजाल र लोभलालचमा परी फुलमाया विवाहबन्धनमा बाँधिएकी थिइन् । काठमाडौंको एक होटलमा तास खेलेर समय बिताउने अनुप गुरुङ्गले सुरुमा आफ्नो विवाह कसैसँग नभएको र विवाह हुनासाथ विवाह दर्ता र नागरिकता बनाईदिन्छु भनि आश्वासन दिएको उनी बताउँछिन् । 

अनुपसँगको विवाहपछि रुपा भनेर चिनिने मैना नामकी एक महिलाले करीव १० हजार खर्च गरेर फूलमायाको कपाल बनाई दिएकी थिईन् । साथै बिभिन्न कपडाहरु समेत किनिदिएको उनको भनाई छ । केही समय काठमाण्डौं लगायत बिभिन्न ठाउँमा घुमाएर, पछि भारतमा आफन्त भएको र भारतमा घुम्न जाने भनी चारजना अनुप, रुपा, फूलमाया र अर्की नाम नखुलेको अन्दाजी १६÷१७ बर्षकी  किशोरी काठमाडौंबाट दाङ जाने गाडीमा आएका थिए ।

कपिलवस्तुको चन्द्रौटामा आई झरेपछि एउटा कार लिन आएको र होटलमा लगेको बयानबाट खुलेको छ । कार लिएर आउने ब्यक्तिलाई रुपाले आफ्नो दाई बताएकी थिईन् । त्यस रात होटलमा बसी भोलिपल्ट त्यस होटलमा लागेको खर्च एक अपरिचित ब्यक्ति आएर तिरेको थियो । कृष्णनगर चन्द्रौटा सडक बन्दका कारण कार लिएर आउने व्यक्तिको सहयोगमा मोटरसाइकल प्रयोग गरी कृष्णनगर पु¥याइएको बयानबाट खुलेको के.आई. नेपालका जिल्ला संयोजक केशर विश्वकर्माले बताए । 

विश्वकर्माका अनुसार उक्त योजना अनुसार रुपा नाम बताउने महिला र अनुप गुरुङ्गको मिलेमतोमा फुलमाया र अर्की नाम नखुलेकी किशोरीलाई बेच्न लान खोजेको प्रस्ट देखिन्छ । अनुप गुरुङ्गलाई नियन्त्रणमा लिएको चाल पाएपछि रुपा र अर्की  किशोरी फरार भएको के.आई.नेपालकी सूचना तथा सञ्चार संयोजक सुरक्षा बरालले बताइन् । 

पक्राउ परेका विचौलिया अनुपमाथि आवश्यक छानविनका लागि नेपाल प्रहरीले अनुसन्धान थालेपछि दुईवटी श्रीमती रहेको खुलेको छ । पक्राउ परेका अनुप गुरुङ्ग र रुपा बिरुद्ध मानव बेचबिखन तथा ओसारपोसार ऐन अन्तर्गत ईलाका पहरी कार्यालय कृष्णनगरमा मुद्धा दर्ता गरिएको छ । फरार रहेकी रुपालाई प्रहरीले खोज अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज भट्टराईले जानकारी दिएका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय