काठमाडौं, पुष १४
सरकारले विभिन्न देशका लागि नियुक्त गरेका काउन्सीलर(श्रम)हरुलाई श्रम तथा रोजगार मन्त्रालय, सुरक्षित आप्रवासन परियोजनाले ५ दिने तालिम प्रदान गरेको छ । तालिममा कतार तथा साउदी अरवका लागि नियुक्त कन्सुलर(श्रम) तथा श्रम सहचारी, दक्षिण कोरिया तथा युएईका लागि नियुक्त कन्सुलर, बहराईनका लागि नियुक्त श्रम सहचारी सहभागि थिए ।
तालिममा मानव अधिकार, कुुटनैतिक संचार, नेपालको श्रम तथा रोजगार ऐन, नीति तथा कार्यविधिहरु, श्रोत मुलुक तथा गन्तव्य मुलुुकबाट भिषा स्वीकृतिको प्रकृया, देश फिर्ति प्रकृया दइ देशविचको समझदारी र सम्झौताहरु, विवाद समाधानका तरिकाहरु का साथै समय तथा तनाव व्यवस्थापन सम्वन्धी विषयवस्तुहरु समावेश गरिएको थियो ।
श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, बैदेशिक रोजगार विभाग, बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, सुरक्षित आप्रवासन परियोजना(सामी) का प्रतिनिधिहरुका साथै विषय विज्ञहरुले तालिममा प्रशिक्षण दिनुभएको थियो ।
नवनियुक्त काउन्सीलर(श्रम)हरु मध्ये कतिपय यहि महिनामा कार्यक्षेत्र तर्फ प्रस्थान गर्दैछन् भनें कतिपय केहि समयपश्चात कार्यक्षेत्रमा पुग्नेछन् ।