
काठमाडौं, पुष १४ नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिददर २८ रुपैंया ९७ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ १४ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंया ७३ पैसा र विक्रि दर २८ रुपैंयाँ ८९ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ १२ पैसा र विक्रि दर २८ रुपैंयाँ २८ पैसा छ ।
मलेसियन रिंगेटको खरिददर २४ रुपैंयाँ ५५ पैसा तथा विक्रिदर २४ रुपैंयाँ ६८ पैसा छ । मलेसियन रिंगेटको विनिमय दरमा भारती गिरावट यसअघि नै आइसकेको छ । यसैगरी कुवेती दिनराको खरिददर ३४७ रुपैंयाँ ८७ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ७९ रुपैंयाँ ७५ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।