काठमाडौं, पुष १४
मलेसिया स्थीत नेपाली दुतावासले नयाँ राहदानी बनाउन यसअघि दुतावासमा बुझाएका नागरिकता सम्वन्धित व्यक्तिलाई फिर्ता लैजान आग्रह गरेको छ । मलेसिया सरकारले यसअघि ल्याएको ‘घर फर्क वा बैधानिक होउ’ कार्यक्रम अन्तर्गत राहदानी बनाउन बुझाइएका ति नागरिकताहरु आगामी मार्च ३१ तारिखभित्र लैजान दुतावासले एक विज्ञप्ती निकालेर सुचित गरेको छ ।
त्यसरी नागरिकता बुझाएका मध्ये कतिपयले फिर्ता लगिसकेको भएपनि कतिपयको अझै दुतावासमा नै रहेको भन्दै लिन आउन आग्रह गरिएको छ । समयभित्र फिर्ता नलगेमा ति नागरिकताहरु नेपाल फर्काइने दुतावासद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।