कतार, युएई, साउदीका कम्पनीहरुलाई अर्को दवाव

काठमाडौं, पुष १४- खाडीका देशहरुमा रहेका कामदारको हकअधिकार वञ्चित गर्ने कानूनलाई खारेज गर्दै उनीहरुको अधिकार रक्षागर्ने कानूनको पालना गर्न मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले आव्हान गरेको छ । उसले खाडीका देशहरुमा रहेका कम्पनीहरुलाई कामदारको अधिकारप्रति सम्वेदनशिल हुन समेत आग्रह गरेको छ । 

गतहप्ता १० पृष्ठको एउटा रिपोर्ट प्रकाशित गर्दै सो संस्थाले व्यवसायीले कामदारका लागि उचित वातावरण निर्माण गर्न नयाँ कानून पर्खिनु नपर्ने बताएको हो । उसले आफ्ना कामदारको अवस्था सुधार्न प्रयत्न गर्न खाडीका सम्पूर्ण कम्पनीहरुलाई अनुरोध गरेको छ । 

ह्युमन राइट्स वाचले जारी गरेको विज्ञप्तीमा आप्रवासी कामदारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै खाडीमा कामदारले भोगिरहेको समस्या र कतिपय अवस्थामा मृत्युसम्मका घटना हुनु अत्यन्त चिन्ताजनक भएको उल्लेख छ । उसले लामो समयसम्मको काम, कार्यथलो सुरक्षित नहुनु, समयमा तलव नपाउनु तथा बसोवासको स्थान राम्रो नहुनु समस्या भएको भन्दै त्यसमा सुधारका लागि आग्रह गरेको छ । 

यो रिपोर्ट आइटीयूसीले कतारका कम्पनीहरुले खरवौं रकम कमाइरहेपनि त्यसको मूल्य आप्रवासी कामदारले चुकाइरहेको रिपोर्ट सार्वजनिक गरेको एक हप्ता पछि सार्वजनिक भएको हो । यसले कतार सहित खाडीका देशलाई कामदारको स्थीति सुधार गर्न थप दवाव दिएको छ । 

ह्युमन राइट्स वाचले कतार सरकारले हालैका दिनमा कामदारको अधिकारका लागि भन्दै घोषणा गरेका कतिपय कुरा स्वागतयोग्य भएको समेत जनाएको छ । उसले कफला प्रणालीको भने तत्काल अन्त्य हुनुपर्ने बताएको छ ।

वाचले खाडीका देशमा रहेका कम्पनीलाई केहि सुझाव दिएको छ । यसमा कामदार मगाउँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नुपर्ने, कामदारलाई सुरक्षाका उपायहरु अवलम्वन गराउनुपर्ने, समयमा तलव दिनुपर्ने, अतिरिक्त समय काम गरेको अतिरिक्त पारिश्रमिक दिनुपर्ने तथा बसोवासको उचित प्रवन्ध गर्नुपर्ने रहेका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: