जनवरी देखि नेपाली कामदारलाई नेपाली भाषामा नै ‘लेवर कन्ट्रयाक्ट’ दिनु पर्ने 

काठमाडौं – युएईमा नयाँ बर्ष २०१६ को सुरुवातसँगै श्रम क्षेत्रमा केहि नयाँ व्यवस्था सुरु हुँदैछ । त्यसमध्ये कामदारलाई उनीहरुको आफ्नै भाषामा श्रम सम्झौता एक हो । युएईका श्रम मन्त्री सकर गोवासले नयाँ बर्षको सुरुवातसँगै श्रम क्षेत्रमा तीनवटा नयाँ व्यवस्था लागु हुने बताएको स्थानीय अनलाइन ईमिरेट्सले जनाएको छ । 

समाचार अनुसार कामदारलाई नयाँ बर्षको सुरुवातसँगै रोजगारदाताले उनीहरुको आफ्नै भाषामा श्रम सम्झौता गर्नुपर्नेछ । त्यसमा कामदारले पाउने सेवा, सुविधाका बारेमा प्रष्टसँग लेखिएको हुनुपर्नेछ । यो व्यवस्था कार्यान्वयनमा आएपश्चात युएईमा कार्यरत नेपाली कामदारले नेपाली भाषामा नै श्रम सम्झौता पाउनेछन् । 

यसैगरी कामदार मगाउँदा नै कामदारले पाउने सेवा सुविधाका बारेमा प्रष्ट रुपमा सोही देशको भाषामा लेखेर पठाउनुपर्ने समेत मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार सो पत्रमा कामदार तथा रोजगारदाताको अधिकार तथा दायित्वका बारेमा खुलाएर लेखेको हुनुपर्नेछ । यसले कामदारले युएई आउनु अगाडी नै आफ्नै भाषामा सवैकुरा बुझेर आउनसक्ने मन्त्रालयको भनाई छ । 

स्थानीय एक अधिकारीलाई उधृत गर्दै ईमिरेट्स लेख्छः: यसले विभिन्न देशहरुबाट आउने कामदारले आफ्नै देशमा हुँदा नै आफुले गर्नुपर्ने काम र त्यसवापत पाउने सेवा, सुविधाका बारेमा जानकारी पाउनेछन् । यसैगरी मन्त्रालयले दुवैपक्षको हस्ताक्षर गरिएको श्रम सम्झौता बुझाएपछि मात्र कामदारलाई काममा लगाउन पाइने प्रष्ट्याएको छ । यसरी गरिएको श्रम सम्झौता मन्त्रालयको अनुमति लिएर मात्र रद्ध गर्न पाइनेछ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय