छुट्टै पहिचान बनाउदै रुपन्देही सेवा समाज युएई 

भुपराज बस्याल, युएई 

गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर बिश्व सामु प्रचारप्रसार गर्ने उद्धेश्यले युएईमा स्थापना भएको रुपन्देही सेवा समाज युएईले स्थापनाको छोटो समयमा निकै सफलता हात परेको छ ।

स्थापनाको सुरुवातमा सिन्दुपल्चोकका बाढीपीडितलाई सहयोग गर्दै आफ्नो सहयोग अभियान सुरु गरेको समाजले त्यसपछिका दिनहरुमा युएई र नेपालमा थुप्रै सहयोग गरेको छ। नेपालको शैक्षिक क्षेत्रमा बढी सहयोग गर्दै आएको समाजले रुपन्देही बुटवलमा रहेको सरस्वाती निम्न माध्यमिक बिध्यलयमा १० वटा व्ल्याकबोर्ड, रुपन्देहीकै तिलोतमा नगरपालिका ११ वटा तथा शान्तिनगरमा रहेको भद्रकाली प्राथमिक विद्यालयलाई कम्युटर, व्ल्याकबोर्ड, , बच्चा खेलाउने सामग्री, सिदार्थ माबि अमुवा १ रुपन्देहीमा कम्प्युटर, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस फर्सटिकट ७ रुपन्देहीमा कम्प्युटर प्रदान गरेको समाजका अध्यक्ष बिष्णु सापकोटा बताउछन।

 

अनाथालयमा पनि सहयोग गरेको समाजले पछिलो पटक नेपाल अपाङ्ग संस्था देबीनगर १३ प्रगति नगर बुटवललाई एक कोठे भबन निमौण गरि हस्तान्तरण गरेको छ । यसैगरी mमणिकराममा अनाथ तथा असहाय महिला कल्याण समाजलाई अक्षयकोष मार्फत ५० हजार हस्तान्तरण गरेको उक्त कार्यक्रमका सयोजक तथा समाजका उपाध्यक्ष नेत्र शर्मा बताउछन।  

स्थापनाको छोटो समयमा उल्लेखनिय  सहयोगका कामहरु गर्न सफल समाजले युएईमा नेपालको चाड पर्बको समयमा नेपालको सँस्कृति झल्कने खालका कार्यकमहरु पनि गर्दै आएको छ ।  

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय