कसको पोल्टामा पर्ला प्रवासी नेपाली मञ्च युएईको नेतृत्व ?

भुपराज बस्याल युएई-  नेपालमा रहेका राजनीतिक दलका प्रवासमा स्थापित संगठनहरुको अधिबेसनले युएई तातेको बेला प्रबाशी नेपाली मञ्चमा भने अलि छुटै र सबैको चासो बढेको देखिन्छ । 

युएईमा बलियो संगठन भएको मञ्चको अधिबेसन नजिकै आउदै गर्दा मञ्चको आन्तरिक राजनीतिमा गर्मी बढेको छ । यस पटक मञ्चमा नेतृत्वका आकांक्षीहरु धेरै हुनसक्ने अनुमान गरिएको छ । हाल मञ्चमा अनुभवी व्यक्तिहरुको उपस्थिति बाक्लो भएकाले धेरै आकांक्षीहरुका बीच सबल र सक्षम नेतृत्व आउने संकेत पनि हुन सक्छ । त्यस्तै भएको छ मञ्चको आगामी जनवरी १५ मा हुन लागिरहेको अधिबेसनमा। 

युवा जोसका साथ नेतृत्व अगाडी आउनुपर्ने आवाज उठिरहेका बेला हालका दाबेदार सबै युवा पंक्ति मध्येबाटै देखिएका छन्। गत नोभेम्बर ६ मा बसेको बैठकबाट डियल शर्माको नेतृत्वमा निर्बाचन उपसमिति चयन गर्दै मञ्चले अधिबेसनको प्रक्रिया अघि बढाएको छ । मञ्चले वर्तमान कार्य समितिलाई  अधिबेसन आयोजक समितिमा परिणत गरेपछि भित्रि रुपमा अधिबेसनको गर्मा गर्मि बढेको हो।

प्रबाशी नेपाली मञ्चको नेतृत्वमा सफल मानिएका हालका अध्यक्ष प्रकाश कोईरालाले संगठनलाई अझ बलियो ढंगले अगाडी बढाउन आफु पनि  नेतृत्वको दाबेदार हुने संकेत गरे पछि अध्यक्ष प्रकाश कोईरालासँगै हालका  तीनजना उपाध्यक्षहरु महेश गिरी, मोति राई, गिरमान थापा र संघका महासचिब उत्तम अधिकारी नेतृत्वको होडवाजीमा उत्रिएका छन् । 

सम्भावित उम्मेदवारहरु मध्ये वर्तमान महासचिव उत्तम अधिकारी युएईमा सांगठनिक हिसावले मञ्चको अहिलेसम्मकै सफल महासचिवका रुपमा देखिएका छन् । उनी सामाजिक क्षेत्रमा पनि जिम्मेवारी निर्वाह गर्दै आएका व्यक्ति हुन् । यूएईका अन्य सामाजिक संस्थामा समेत बिभिन्न जिम्मेवार पुरा गर्दै मञ्चको आबुधाबी क्षेत्रीय समितिको सचिव हुँदै यूएईको एमाले कमिटीको प्रचार बिभाग प्रमुख, सचिव र हाल महासचिव रहेर उनले अनुभव हासिल गरेका छन् । 

अध्यक्षका आकाँक्षि वर्तमान उपाध्यक्ष महेश गिरी मञ्चको मातृ संगठन प्रवासी नेपाली युवा संघ यूएईको संस्थापक अध्यक्ष हुँदै थुप्रै जोश जाँगर भएका युवाहरुलाई संगठनमा आबद्ध गर्दै मजबुत संगठन निर्माण गर्न सफल व्यक्ति हुन् ।  गिरी मञ्चको केन्द्रिय समिति सदस्य हुँदै वर्तमान कार्यकालमा उपाध्यक्ष रहेर कमिटीले दिएका सबै जिम्मेवारी सकुशल निर्वाह गरेका व्यक्ति हुन् । 

अध्यक्षकी सम्भावित अर्की उम्मेदवार वर्तमान उपाध्यक्ष मोती राई नेकपा एमालेको नीति र कार्यक्रम तथा सैद्धान्तिक धरातल राम्रोसंग बुझेकी र नेपाल देखि नै संगठन निर्माणमा सकृय महिला हुन् । आफ्नो ब्यवशायका बावजुद पनि लामो समयदेखि निरन्तर प्रवासी नेपाली मञ्चमा आबद्ध रही सकृयता देखाएको र  निरन्तर दुई कार्यकाल मञ्चको केन्द्रिय सदस्य रहँदै वर्तमान कार्यकालको उपाध्यक्ष हुन् । दुबईमा हुने कार्यक्रमहरुमा मञ्चको प्रतिनिधित्व गर्दै आएकी राई स्पष्ट बक्ता र समन्वयकारी भूमिकामा अब्बल महिला हुन् । सबै कार्यकर्तासंग नियमित सम्पर्कमा रहेका कारण राई पनि सम्भावित अध्यक्षमा गनिएकी छिन् । 

यसका साथै अर्का उपाध्यक्ष गिरमान थापा, प्रवासी नेपाली मञ्च यूएईका पुराना र अनुभवी सदस्य श्याम पाठक समेत नेतृत्वमा आउन सक्ने सम्भावनालाई नकार्न सक्ने अवस्था छैन । तर यस पटक अधिकारी, गिरी र राईकै बिचमा बलियो प्रतिस्पर्धा हुने जानकारहरुको भनाई छ । यी तीनबीच प्रतिस्पर्धा कडा बनेको अवस्थामा भने कमिटी भित्रै सकृय रहेका एमालेका पुराना तर युवा नेतालाई सर्वसम्मत रुपमा नेतृत्वमा ल्याउने प्रवल सम्भावना भएको र त्यसबारे आन्तरिक छलफल समेत चल्दै गरेको बुझिएको छ । युसमा वर्तमान सल्लाहकार परिषदका अध्यक्ष श्याम कँडेलको सकृयता धेरै छ । 

मञ्चले निर्वाचन उपसमितिसंग संयुक्त बैठक गरी उम्मेदवारको लागि आचार संहिता समेत तय गरिसकेको छ । जस अनुसार एक कार्यकाल केन्द्रिय समिति वा सल्लाहकार परिषदका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव)  भइ पुरै कार्यकाल जिम्मेवारी पूरा गरेको व्यक्तिले मात्रै  चौथो अधिबेसनमा मञ्चको अध्यक्षको उम्मेदवार बन्न पाउने प्रावधान राखिएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय