कतारको नयाँ कानूनमा भिसा, टिकट, काम गर्ने समय, ओभरटाईम र विदा सम्वन्धि के छ व्यवस्था ? 

काठमाडौं- कतारले ठूलो अन्तराष्टिय दवावपछि आफ्नो श्रम कानूनमा केहि समय अघि थोरै फेरवदल गरेको छ । कतार सरकारले कानूनमा आमुल परिवर्तन गरिएको बताएपनि श्रमिकको अधिकारका पक्षमा काम गरिरहेका संघसंस्थाले त्यो भनिए अनुसार धेरै ठूलो  परिवर्तन नभएको बताएका छन् । 

कतारले श्रम कानूनमा श्रमिकका लागि केहि व्यवस्था यस्ता छन्ः  

वर्क परमिट खारेज हुने

मेडिकल चेक अप गर्दा फेल भएमा वा रेसिडेन्ट परमिट नभएमा वा बिना कारण तीन महिनासम्म काममा नगएमा वा रोजगारदाता परिवर्तन गरेमा वा खराब आचरणमा कार्वाही गरेमा वर्क परमिट खारेज हुन्छ । (दफा २५) । नियुक्ति गर्नु अगाडि स्वास्थ्य परीक्षणमा पास हुनुपर्ने छ ।

आउने जाने र भिसा खर्च सम्बन्धी व्यवस्था

श्रम कानुनको दफा ३३ मा विदेशबाट श्रमिक ल्याउँदा श्रमिकबाट कुनै शुल्क लिन नपाउने व्यवस्था छ ।

काम गर्ने समय 

  • दैनिक ८ घण्टा र सातामा ४८ घन्टासम्म काममा लगाउन पाउँछन् ।
  • काम गर्ने समयको बिचमा १ घण्टा विश्राम तथा खाना खाने समय पाइन्छ । जुन कार्यसमयमा समावेश हुँदैन ।

ओभरटाइम काम

  • कार्यसमय समेत दैनिक १० घण्टासम्म काममा लगाउन पाइन्छ ।
  • ओभरटाइम काम गर्दा आधारभूत तलवमा २५ प्रतिशत तलव थप हुन्छ । यसमा १० रियाल पाउनेले १२.५ रियाल पाउँछन् 
  • साप्ताहिक बिदामा काममा लगाउँदा भने १५० प्रतिशत थप गरेर दिनुपर्छ । यसमा १० रियाल पाउनेले २५ रियाल पाउँछन् ।

श्रमिकले पाउने बिदा सुबिधा

प्रवासी श्रमिक समेत सबैले निम्नअनुसार बिदा पाउनेछन्:

वार्षिक सार्वजनिक बिदा 

  • इदउल फितरमा ३ दिन
  • इदउल अदामा ३ दिन
  • राष्ट्रिय दिवस (१८ डिसेम्बर) १ दिन
  • रोजगारदाताको निर्णयले ३ दिन

यी दिनमा काम गरेमा ओभरटाइम बापत रकम पाइन्छ ।

वार्षिक घरबिदा

  • ५ वर्षभन्दा कम सेवा अवधि भए ३ हप्ता
  • ५ वर्ष वा सो भन्दा बढी सेवा गरेमा ४ हप्ता

यो बिदा प्रयोग नभएमा सो अवधिको तलब रोजगारदाताले दिनुपर्छ ।

एक वर्षभन्दा कम सेवा गरेमा अवधिको अनुपातमा बिदा पाइन्छ ।

बिरामी बिदा

  • काम सुरु गरेको ३ महिना पछि मात्र पाइन्छ ।
  • बिरामी बिदा लिन डक्टरको मेडिकल सर्टिफिकेटई रोजगारदाताले स्वीकार गर्नुपर्छ ।
  • बिरामी बिदा २ हप्तासम्म भए पूरा तलब र २ हप्ता भन्दा बढी ४ हप्तासम्म भए आधा तलब पाइन्छ ।
  • सोभन्दा बढी भए बेतलबी बिदा काममा नफर्केसम्म वा सेवा नसकिएसम्म वा घर नफर्किएसम्म पाइन्छ ।

साप्ताहिक बिदा

  • प्रत्येक ७ दिनमा २४ घण्टा साप्ताहिक बिदा दिनुपर्छ ।
  • साप्ताहिक बिदा सामान्यतया शुक्रबार दिने गरिएको छ ।

प्रसूति बिदा

  • एक वर्ष अविच्छिन्न सेवा अवधि पूरा गरेका गर्भवती श्रमिकले ५० दिन तलबी सुत्केरी बिदा पाउँछन् ।
  • सो अवधि पछि ६० दिनसम्म बेतलबी बिदा बस्न पाइन्छ, तर सो अवधिको मेडिकल रिपोर्ट पेस गर्नुपर्छ ।
  • एक वर्षसम्म स्तनपान गराउन दैनिक १ घण्टा छुट्टी पाइन्छ ।
  • सुत्केरी बिदामा अन्य बिदा समेत थपेर लिन पाइन्छ ।

क्रमशः

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय