कतारमा नयाँ नियमः अव सिधै परिक्षा दिन नपाइने, खाडीका अन्य देशको लाइसेन्स नचल्ने 

काठमाडौं – कतारमा नेपाल लगायतका देशका नागरिकले अव सिधै ड्राइभरको परिक्षा दिन नपाउने भएका छन् । कतारको ट्राफिक विभागले कतारको सवारी चालक अनुमति पत्रका लागि हालको झैं सिधै परिक्षा दिन नपाउने निर्णय गरेको छ । 

समाचार अनुसार नेपालीसँगै भारतीय, पाकिस्तानी, बंगलादेशी, ईण्डोनेसियन, फिलिपिनो, श्रीलंकाली, चिनियाँले सवारी चालक अनुमतिपत्रका लागि सिधै परिक्षा दिन पाउने छैनन् । यसैगरी अफ्रिकी मुलुकहरु सोमालिया, सुडान, घाना, केन्या, नाइजेरिया, ईथियाृेपिया,  ईजिप्टसँगै उत्तर कोरियाका नागरिक पनि सिधै परिक्षामा सामेल हुन पाउने छैनन् । 

अव ति देशका नागरिकले चालक अनुमति प्राप्त गर्न कतारको सवारी चालक सम्वन्धि प्रशिक्षण सञ्चालन गर्ने तालिम केन्द्रमा तालिम लिइ परिक्षा पास गर्नुपर्नेछ । तालिमको समयावधि कति समयको हुने भन्ने खुलाइएको छैन । त्यो कुन प्रकृृतिको गाडी चलाउने चालक अनुमतिपत्र आवश्यक पर्ने हो सोही अनुरुपको हुने जनाइएको छ । 

यसैबीच विभागले अव खाडीका नागरिक बाहेक अन्य नागरिकले अन्य खाडीका देशबाट लिएको चालक अनुमतिपत्रलाई कतारको अनुमति पत्रमा बदल्न नसक्ने भएका छन् । अव कतारमा गाडी चलाउन सोही देशको परिक्षा पास गरेर अनुमति पत्र लिनु पर्ने व्यवस्था मिलाइएको विभागले प्रष्ट पारेको छ । यसले नेपालीका लागि कतारको सवारी चालकको रोजगारीमा धक्का लाग्ने सम्भावना छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: