कोरियामा मजदुर नेतालाई कडा मुद्धाको तयारी 

काठमाडौं, पुष ६- करिव दुर्इ साता अघि प्रहरी सामु आत्मसमर्पण गरेका कोरियन कन्फरडेरेसन अफ ट्रेड युनियन (केसिटियु) का अध्यक्ष हान साङ् क्युंनलार्इ राज्य बिरुद्धको अभियोगमा अतिरिक्त मुद्धा चलाउन सोल पुलिस फोर्सले सरकारलार्इ दबाब दिएको छ । उनले चौबिस दिनको भूमिगत पछी करिब २ साता अघि प्रहरी सामु आत्मसमर्पण गरेका थिए । उनलाई अहिले थप अनुसन्धानको लागि अपराध महाशाखामा पेश गरिएको समाचारमा उल्लेख छ ।

कोरिया टाइम्सका अनुसार यसरी कुनै पनि राजनीतिक गतिबिधिलार्इ लिएर  राज्य बिरुद्धको अभियोगमा मुद्धा चलाउने तयारी कोरियाली इतिहासमा करिब ३० वर्ष पछिको पहिलो र निकै दुर्लभ घटना समेत भएको बुझिएको छ । यो भन्दा पहिला सन् १९८६ मा संबिधान पुनर्लेखनको माग राख्दै इन्छनमा भएको प्रदर्शनमा पनि राज्य बिरुद्धको मुद्धा चलाइएको थियो भने त्यसपछिको यो घटना पहिलो हो ।

सउल पुलिसका उच्च अधिकारीले नेता हान लगाएत उनका कार्यकर्ताले गत नेभेम्बर १४ तारिखमा भएको प्रदर्शनलार्इ हिम्सात्मक बनाउने योजना बनाएको आरोप लगाउदै सुरक्षाकर्मीका उच्च अधिकारीमाथि भौतिक रुपमा जाइ लागेको समेत अनुसन्धानबाट खुलेको जानकारी गराए ।

कोरियाको कानुन अनुसार यदि कुनै पनि संगठनले गैह्रकानुनी रुपमा आफ्ना कार्यकर्ता प्रदर्शनमा उतारेर भौतिक रुपमा कुनै सरकारी सम्पति माथि क्षति पुर्याउने, प्रदर्शनलार्इ हिंसात्मक बनाउने आदि कार्य गरेमा निजलार्इ राज्य बिरुद्दको मुद्धा लगाई दस वर्षको जेल सजाय अथवा १५ मिलियन कोरियन वन जरिमाना गर्ने ब्याबस्था छ ।

स्मरण रहोस कोरिया सरकारले ल्याउन लागेको नयाँ श्रम तथा शिक्षा नीति बिरुद्द यहाँका ५३ वटा मजदुर संगठन तथा नागरिक समाज सरकार बिरुद्ध प्रदर्शन उत्रिएको छ भने यहाँको प्रमुख प्रतिपक्ष पार्टीले पनि सरकारको यो कदम प्रति कडा रुपमा असमति देखाउदै आएको छ । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: