हुण्डीबाट रकम पठाइदिने भन्दै डेढ करोड ठगेर भागेका नेपालीको मृत्यु 

सोल- दक्षिण कोरियामा डेढवर्ष अघि हुण्डी ब्यवसायमार्फत ठगी गरि सम्पर्क विहिन भएका एक नेपालीको मृत्यु भएको छ । नुवाकोट जिल्लाबासी बलराम लामिछानेको हृदयघातका कारण मृत्यु भएको हो । हाल उनको शव बुफ्यङको एक अस्पतालमा राखिएको अस्पतालमा पुगेका एक नेपालीले जानकारी दिए  ।

लामिछाने मुनड्रप्स मेनपावरबाट कोरिया आइपुगेका थिए । विगत १० वर्षदेखि कोरिया बस्दै आएका उनले कोरियन महिलासँग विवाह गरेका थिए । डेढ वर्ष अघि सस्तो दरमा नेपाल पठाइदिन्छु भन्दै उनी कोरियामा रहेका नेपाली कामदारबाट लाखौं रकम संकलन गरि सम्पर्क विहिन भएका थिए ।  इच्छनस्थित बुफ्यङमा सञ्चालन गर्दै आएको ककनी रेस्टुरेन्ट केहि वर्ष अघि मात्र उनले विक्री गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय