सुनसरीमा मनाइयो आप्रवासी दिवस  

 

सुनसरी, पुष ३

सुरक्षित बैदेशिक रोजगार, हामी सबैको सरोकार नाराका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१५ सुनसरीमा मनाइएको छ । सो अवशरमा जिल्लाका विभिन्न गाविसहरुमा र्याली, छलफल तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरियो । 

खनार, भरौल, नरसिंह, भोक्राहा, प्रकाशपुर, महेन्द्रनगर लगायतका गाविसहरुमा आयोजित सो कार्यक्रममा स्थानीय बासिन्दाको ठूलो सहभागिता थियो । उनीहरुले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउ, ठिक ढंगले स्वास्थ्य परिक्षण गरेर मात्र विदेश जाउँ, अभिमुखिकरण तालिम लिउँ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । 

नरसिंह गाविसमा र्याली पश्चात आयोजित सभामा बोल्ने वक्ताहरुले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनु पर्नेमा जोड दिएका थिए । आफूहरुले नजानेका कारण आफन्तहरु विदेश जाँदा धेरै रकम तिर्नु परेको भन्दै उनीहरुले यसका बारेमा अव गाउँमा जनचेतना जगाउने प्रतिवद्धता जनाएका थिए । यसैगरी सो अवशरमा बैदेशिक रोजगारका पीडितहरुले पाउने कानूनी उपचारका बारेमा पनि जानकारी दिइएको थियो ।  

 

यसैगरी जिल्लाका दुईवटा विद्यालयमा अन्तर विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न भयो । प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुने विद्यार्थीहरुलाई अंग्रेजी शव्दकोष पुरस्कार प्रदान गरिएको थियो ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय