सीप जानेकाहरुको उच्च शिक्षामा पहुँच बढाउन नयाँ परियोजना सुरु

 

काठमाडौं- मुलुकमा राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण (एनभीक्यूएस) प्रारुप स्थापना गर्न र सो अनुरुप राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण प्राधिकरण गठन गर्न नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली  परियोजना सुरु भएको छ । परियोजनाले राज्यद्वारा अपेक्षित गुणस्तरयुक्त, मान्यता प्राप्त र विश्वसनीय राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण प्रणालीको विकासका लागि काम गर्ने बताइएको छ । परियोजना नेपाल सरकारको शिक्षा मन्त्रालयले स्वीटजरल्याण्ड सरकारकोे सहयोगमा सुरु गरेको हो । परियोजनाको प्राविधिक कामको जिम्मेवारी स्वीसकन्ट्याक्टले गर्नेछ । 

परियोजना सुरुवात भएको जानकारी दिन विहिवार आयोेजित कार्यक्रममा सो परियोजनाका टीम लिडर देवीप्रसाद दाहालले परियोजना सम्बन्धि दश वर्षे मार्ग चित्र प्रस्तुत गरे । परियोजनाको मुख्य लक्ष्य प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम पद्धतिमा क्रमिक र योजनावद्ध सुधार ल्याई वञ्चितिमा परेका समूूह लगायत महिला तथा पुरुषहरुको रोजगारी र स्वरोजगारीमा पहुँच बढाउनुको साथै उनीहरुकोे उत्पादनशीलता वृद्धि गर्नु रहेको परियोजना प्रमुख दाहालले बताए । यस परियोजनाले प्रशिक्षार्थीहरुलाई राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण प्रारुप अन्तर्गत उपल्लो तहमा उक्लने स्पष्ट आधारहरु तयार गरी तालिम तथा अध्ययन मार्फत वृत्ति विकासका अवसरहरु उपलब्ध गराउने दाहालले बताए । 

परियोजनाको प्रतिफलका रुपमा प्रशिक्षार्थी र श्रमिकहरु खासगरी सुविधाबाट बञ्चितिमा परेका समूहहरु, परिस्कृत व्यावसायिक तालिम योग्यता र सीप प्रमाणीकरण प्रणालिबाट लाभान्वित हुने परियोजना सुरुवातको जानकारी दिन आयोजित कार्यक्रममा जानकारी दिइयो । यसबाट उनीहरुको नेपाल भित्र र बाहिर पनि दिगो रोजगारीको अवसरका सम्भावनामा अभिवृद्धि हुने विश्वास राखिएको दाहालले बताए । 

नेपालमा हरेक बर्ष श्रम बजारमा प्रवेश गर्ने पॉचलाख युवामध्ये अधिकांश बेरोजगार वा अर्धवेरोजगार हुने गरेका छन् । अधिकांश नवप्रवेशीहरु सीपविहीन वा अति कम सीप भएका हुनाले नेपालमा बेरोजगार/अर्धबेरोजगार रहनुका साथै अत्यन्त न्यून पारिश्रमिकमा काम गर्दछन् भने विदेशमा पनि प्रमाणीकरण नभएका अर्धदक्ष र अदक्ष कामदार भएकै कारणले शोषित भएका छन् । यद्यपि, विगतका वर्षहरुमा नेपालमा उल्लेख्य संख्यामा विभिन्न व्यवसायहरुमा तालिम र प्रमाणीकरण पद्धतिमा राम्रो प्रगति भएको छ  साथै सीपको प्रमाणीकरणको चाहना राख्नेहरुको संख्या पनि दिन प्रति दिन बढ्दै गइरहेको छ ।  

यसै सन्दर्भमा, राष्ट्रिय र क्षेत्रीय तहमा विकेन्द्रीकृत परीक्षण र प्रमाणीकरण सुविधा प्रदान गर्नका लागि राष्ट्रिय सीप परीक्षण समितिको क्षमतामा क्रमिक अभिवृद्धि गरि‘दै लगिएको छ । सीप परीक्षण र प्रमाणीकरण सेवाको यो वृहत विस्तार तथा यसैमा आधारित निश्चित पेशागत सीपको स्तर (तहगत वर्गीकरण) तथा यसको परीक्षण प्रावधानहरुले अन्तत एउटा गतिशील व्यावसायिक योग्यता निर्धारण प्रणाली तर्फ डो¥याउने स्वीस कन्ट्याक्टले जनाएको छ । व्यवस्थित रुपमा निर्माण गरिएका राष्ट्रिय व्यावसायिक योग्यता प्रमाणिकरण प्रणालीका लागि विशेषरुपमा एउटा प्रारुपको आवश्यकता पर्ने र संसारका धेरैजसो मुलुकहरुमा यस्ता प्रारुपहरुलाई व्यवहारमा उतार्नका लागि प्राधिकरण गठन गरिएको टीम लिडर दाहालले बताए । यस्ता संरचनाहरुको प्रादुर्भावबाट व्यावसायिक तालिम र शिक्षाको समग्र प्रणाली तथा सेवालाई नै अझ बढी समावेशी, वढी सान्दर्भिक, निकै गतिशील, सम्बृद्ध र मर्यादित तुल्याउन सहयोग पुग्ने उनले विश्वास प्रकट गरे ।  

परियोजना सुरुवात भएको जानकारी दिन विहिवार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पंण्डितूले यो महत्वपूर्ण सहयोगका लागि स्वीस सरकारलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिए । सो अवशरमा स्वीस राजदुतावासका डिपुटि हेड अफ मिसन दिपक एल्मरले एनभीक्यूएस परियोजनाको लागि स्वीस सरकारको प्रतिवद्धता व्यक्त गर्दै यस परियोजनालाई सफल पार्न नेपाल सरकार तथा अन्य सरोकारवालाहरुको उच्च सहयोगको अपेक्षा प्रकट गरे । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय