दक्षिण कोरियामा एक नेपालीद्धारा आत्महत्या 

सोल- रोजगारीका लागि दक्षिण कोरिया आएका एक युवकले आत्महत्या गरेका छन् । सापिंग काभ्रे घर भएका मन्जिल पहरीको मंगलबार बिहान झुण्डिएको अवस्थामा शव फेला परेको हो । गत आइतबारदेखि सम्पर्कबिहिन रहेका पहरीले कम्पनीदेखि करिब पाँचसय मिटरको दुरीमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । पोछन सी स्थित ह्यांगर निर्माण बनाउने कम्पनीमा कार्यरत पहरी एक बर्ष दश महिना अघि कोरिया आएका थिए ।    

घटनास्थलमा प्रहरी अनुसन्धान पश्चात पोस्टमार्टमका लागि सव हस्पिटल लागिएको श्रम सहचारी अनिल गुरुङले जानकारी गराए साथै परराष्ट्र र मृतकको परिवारलाई जानकारी गरिएको पनि गुरुङले बताए ।  २६ बर्षिय पहरी परिवारका एक्लो छोरा हुन् । उनको परिवारमा बुबा आमा र एक दिदी छन् ।  

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: