ईजरायल जाने तालिम लिंदै हुनुहुन्छ ? मन्त्रालय भन्छः रोक्नुस्, नत्र लगानी डुव्छ 

काठमाडौं, मंसिर २७ 

तपाई ईजरायल जाने योजनामा कुनै तालिम केन्द्रमा तालिम लिंदै हुनुहुन्छ ? हुनुहुन्छ भनें तत्कालका लागि त्यो काम रोक्नु जायज हुन्छ । किनकी हाल ईजरायलका लागि भनेर तालिम सञ्चालन गरिरहेको पाठ्यक्रमले ईजरायल जान आवश्यक पर्ने योग्यता पुरा हुन्न । 

हाल तालिम केन्द्रहरुले यसअघिको एकमहिनाको पाठ्यक्रमका आधारमा पढाइरहेका छन् । तर ईजरायल जानेहरुले कम्तीमा तीन महिनाको तालिम गरेको हुनुपर्नेछ । यसका अलावा नर्सिङ विषय अध्ययन गरेकाहरु प्नि ईजरायल जान योग्य हुन्छन् । 

श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यका अनुसार हाल चलिरहेका तालिम अव आवश्यक पर्ने मापदण्ड अनुरुपका छैनन् । तीन महिनाको पाठ्यक्रम नै नभएको अवस्थामा तीन महिना तालिम गरेको प्रमाणपत्र बोकेर आउनु भनेको गलत काम हो सचिव आचार्यले भने । उनका अनुसार मन्त्रालयले यससम्वन्धि गृहकार्य गरिरहेको छ । 

मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेलका अनुसार ईजरायलका लागि आवेदन दिएका मध्ये १ यि ४५ जना नर्सिङ अध्ययन गरेका व्यक्तिहरु भनें योग्य छन् । यस विषयमा मन्त्रालयले ईजरायली राजदुतसँग पनि एकचरण छलफल गरिसकेको छ । उनीहरुको लिष्ट बैदेशिक रोजगार विभागले ईजरायललाई चाँडै उपलव्ध गराउने र त्यो प्रकृयाबाट पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा ५० जना जाने सम्भावना छ सहसचिव भूर्तेलले बताए । तर त्यसका लागि अझै केहि समय लाग्न सक्ने उनको भनाई छ । 

यसअघि ईजरायलका लागि आवश्यक पर्ने तालिम सञ्चालन गर्न तालिम प्रदायक संस्थाहरुका लागि खोलिएकोमा यसअघि नै तालिम सञ्चालन गर्दै आएका संस्थाहरु मात्र सूचिकरणमा परेका थिए । तर त्यसको विरुद्धमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ मापदण्ड बनाएर पुनः सूचिकरण गर्न यसअघि नै निर्देशन दिइसकेको छ । सोही अनुरुप मन्त्रालयले अख्तियारको निर्देशन अनुरुप नयाँ सूचिकरण गर्ने प्रकृया अगाडी बढाएको सचिव आचार्यले बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय