
काठमाडौं, मंसिर २७- आइतवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २६ पैसा र विक्रि दर २९ रुपैंयाँ ४३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १८ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५७ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ९७ पैसा छ । यो गत शुक्रवार भन्दा थोरै कम हो । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिट केहि समययता २५ रुपैंयाको हाराहारीमा कायम छ । यसअघि रिंगिटको सटही दरमा धेरै कमि आइसकेको छ । त्यसैले यो ठूलो गिरावटले धेरै नेपालीलाई चिन्तित बनाएको छ ।
कुवेती दिनारको खरिददर ३५१ रुपैंया ३७ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ४२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।