
सोल- दक्षिण कोरियाले सन् २०१६ का लागि ५८ हजार कामदारको कोटा निर्धारण गरेको छ । नेपाल लगायत १५ देशबाट इपिएस मार्फत अदक्ष कामदार भित्र्याउदै आएको कोरियाले आउने वर्ष देखि लाओसबाट पनि थप कामदार भित्राउने भएको छ ।
कोरियाको प्रवासी मजदुर कोटा निर्धारण समितिले २०१६ मा कोरियाको उत्पादन क्षेत्र, कृषि क्षेत्र, मत्स्यपालन क्षेत्र, निर्माण क्षेत्र र सेवा क्षेत्रको लागि जम्मा ५८ हजार कोटा निर्धारण गरेको हो । सन् २०१५ का लागि ५५ हजार कोटा निर्धारण गरेको कोरियाले २०१६ मा थप ३ हजार कोटा बृद्धि गरेको छ । ५८ हजार मध्ये २ हजार चाही कम्पनीको बढी माग भएको खण्डमा ल्याइने छ ।
५८ हजार कोटा मध्ये ४६ हजार नया कामदार मार्फत ल्याइने छ भने १२ हजार अवधी सकिएर पुन आउनेहरु रहनेछन् । नया ल्याइने ४६ हजार मध्ये उत्पादन क्षेत्रम ३३ हजार २ सय, कृषि क्षेत्रमा ५ हजार ९ सय , मत्स्यपालनमा २ हजार ३ सय ६०, निर्माण क्षेत्रमा २ हजार ४ सय ५० र सेवा क्षेत्रमा ९० जना आउने छन।
नया ४६ हजार मध्ये २०१६ को जनवरी देखि मार्चसम्ममा उत्पादन क्षेत्रमा ९ हजार ९ सय ६० जना, कृषि क्षेत्रमा ३ हजार ५ सय ४०, मत्स्यपालनमा १ हजार ४ सय २०, निर्माण क्षेत्रमा १ हजार ४ सय ७० जना र सेवा क्षेत्रमा ९० जना ल्याइने छ ।
अप्रिल महिनादेखि जुन महिनासम्ममा उत्पादन क्षेत्रमा मात्र ९ हजार ९ सय ६० जना ल्याइने छ । जुलाईदेखि सेप्टेम्बरसम्ममा उत्पादन क्षेत्रमा ६ हजार ६ सय ४० जना , कृषि क्षेत्रमा २ हजार ३ सय ६०, मत्स्यपालनमा ९ सय ४० , निर्माण क्षेत्रमा ९ सय ८९ जना ल्याइने छ । अक्टोबरदेखि डिसेम्बर महिनासम्ममा उत्पादन क्षेत्रमा मात्र ६ हजार ६ सय ४० जना ल्याइने छ ।
बढी माग भएमा थप ल्याइने २ हजार त्यहि अवधि भित्रमा ल्याइने छ । अवधि सकिएर गएको पुनः ल्याउने १२ हजार मध्ये उत्पादन क्षेत्रमा ११ हजार, कृषि क्षेत्रमा ७ सय , मत्स्यपालनमा २ सय ४० जना, निर्माण क्षेत्रमा ५० जना र सेवा क्षेत्रमा १० जना छन ।
यो १२ हजारलाई कुन कुन महिनामा कति ल्याउने भनेर तोकिएको छैन । कोटा निर्धारण समितिले २०१६ को ५८ हजार मध्ये ३७ हजार ५ सय ९३ जना अवधि सकिएर फिर्ता जाने, १० हजार विभिन्न कारणले आफ्नो देश फिर्ता हुने मजदुरको सट्टामा र १० हजार १ सय ७७ जना कम्पनीको नया थप माग पूर्ति गर्न ल्याइने भनि जनाएको छ ।
निर्धारण गरिएको कोटा प्रधानमन्त्री सचिवालयमा पठाईसकेको तर त्यहाँ बाट स्वीकृति हुन बाकी रहेको प्रवासी मजदुर संघ (एमटियु) कोरियाका अध्यक्ष उदय राइले जानकारी दिए ।
हेल्लोकोरियानेपालबाट