मृगौलाको समस्या भएकालाई कोरियाबाट सहयोग 

सोल- पर्वतका एक युवालाई कोरियामा कार्यरत नेपालीले झण्डै चारलाख सहयोग गरेका छन् । । पर्वत लेखफाँट, ८, डाँडाकटेरीका लक्ष्मण पुनमगरको दुबै मृगौलाले काम गर्न नसक्ने भई हाल उनी चरक अस्पताल ‘पोखरामा, डाइलासिस गराइरहेका छन् । डाक्टरले उनलाई मृगौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । तर आर्थिक अबस्था अत्यन्त कमजोर भएका कारण प्रत्यारोपण हुन नसकेको उनका बाबु शेर बहादुर पुनमगरले बताएका छन् । 

सहयोगका लागि परिवारले गरेको अपिल अनुसार दक्षिण कोरियाबाट अप्ट पुन, तुल बहादुर पुर्जा, सुर्य बहादुर पुन, देबेन्द्र पुन र लोक बहादुर पुन लगाएतको पहलमा कोरियन वन ४०११५००(नेरु ३,८७,५००) संकलन गरि नेपाल पठाइएको छ । 

फोनिज कोरियाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय