घरेलु कामदार श्रम सम्झौता पछि मात्र 

काठमाडौं -श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुकमा घरेलु कामदार (घरेलु कामदार) श्रमसम्झौता भएपछिमात्र पठाउने भएको छ । घरेलु काममा जाने कामदार संवेदनशील हुने भएकाले श्रमसम्झौतापछि गरेरमात्रै पठाइने भएको हो ।

श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले खाडी मुलुकमा गएका घरेलु कामदार नेपाली महिला बढी समस्यामा पर्ने गरेकाले श्रम सम्झौता गरेरमात्र पठाइने बताए । “घरेलु कामदारमा गएका नेपाली कामदार समस्या हुने क्रम बढेकाले पूर्ण रूपमा बन्द गरिएको हो,” उनले भने, “त्यसैले सुरक्षित गर्ने हिसाबले मात्र पठाइनेछ ।”

खाडी मुलुकमा घरेलु कामदार पठाउन बन्द गर्ने र खुल्ने काम गरिरहेको छ । यसमा कामदार ठगिने क्रम बढ्दै गएपछ बन्द गर्ने गर्दै आएको छ । हाल पनि असुरक्षाका कारण बन्द छ ।

साउदी अरबले घरेलु कामदारको श्रमसम्झौताको मस्यौदा पठाइसकेको छ । “श्रम सम्झौतामा उनीहरुको सुरक्षाका साथै न्यूनतम पारिश्रमिक निर्धारण हुन्छ,” प्रवक्ता भुर्तेलले भने, “यसले अहिलेको जस्तो समस्या आउँदैन ।” सम्झौता नगरी पठाइए कामदार समस्या पर्छन् ।

सरकारले घरेलु कामदार ‘एजेन्सी टु एजेन्सी एग्रिमेन्ट’ (यहाँका म्यानपावर र विदेश म्यानपावरको सम्झौता) का आधारमा पठाउने भएको छ । वैदेशिक रोजगार विभागले घरेलु कामदार पठाउन ४९ म्यानपावर एजेन्सीलाई सूचीकृत गरेको छ । “यसका लागि अझै पनि समय लाग्ने देखिन्छ,” विभागका प्रवक्ता जनकराज रेग्मीले भने, “प्रक्रिया धेरै लामो छ ।”

सूचीकृत म्यानपावर एजेन्सीलाई घरेलु कामदारसम्बन्धी तालिम दिनुपर्छ र विदेशी एजेन्सीसँग सम्झौता गर्नुपर्छ । घरेलु कामदारले पनि ३ महिनाको तालिम लिनुपर्छ । “घरेलु कामदार बढी पठाए समस्या पनि बढी आउँछ भन्ने आइरहेको छ,” प्रवक्ता रेग्मीले भने, “त्यही भएर कहिलेदेखि कामदार पठाउने अन्योल छ ।”

घरेलु कामदारसम्बन्धी निर्देशिकाबमोजिम यहाँको म्यानपावर एजेन्सीले घरेलु कामदार पठाउन छुट्टै २५ लाख रुपैयाँ धरौटी रकम राख्नुपर्नेछ । विदेशी एजेन्सीले नेपाली दूतावासमा १० हजार डलर (१० लाख रुपैयाँ) धरौटी राख्नुपर्छ । सूचीकरणका लागि ५ सय डलर (५० हजार रुपैयाँ) तिर्नुपर्छ । कामदार अलपत्र परे धरौटी रकमबाट कट्टा गरी उद्धार गरिनेछ । कामदारसँग कुनै पनि शुल्क लिन नपाइने व्यवस्थासमेत छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: