कुटुम्ब आइपुग्यो युएई  

भुपराज बस्याल, मंसिर २५-  डिसेम्बर ११, शुक्रवार दुबई देह्रामा हुने कार्यक्रमका लागि नेपाली कुटुम्ब ब्याण्डको जम्बो टोलि बिहिबार युएई आईपुगेको छ। हरि महर्जन लगायतको  टोलीलाई स्वागत गर्न आयोजक सालिक सुबेदी लगायतको टोलि एयरपोर्ट पुगेको थियो। 

नेपाली संगितको जगेर्नासंगै विश्वसामु नेपाललाई परिचित गराउन लागिपरेको  कुटुम्ब ब्याण्डले युएईमा रहेका युएईबासीलाई नेपालको कला सस्कृतिको अबगत गराउदै नेपालको पर्यटनको बिकाशमा टेवा पुर्याउने आशा गरिएको छ । 

नितान्त संगीतको मात्र धुन हुने र संगीतमा भाषा नहुने हुँदा स्थानीयबासीलाई पनि सो कार्यक्रममा समेट्न सकिने आयोजकको भनाई छ। नेपाललाई  विश्व सामु परिचित गराउने यो माध्यममा सम्पूर्ण नेपालीको साथ र सहयोग रहने आयोजकले अपेक्षा गरेका छन् । 

युरोपका विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिएता पनि खाडीमा पहिलो पटक हुन लागेको कुटुम्वका संगीतले युएईमा कार्यरत नेपालीले मनोरञ्जन लिने आयोजकले बताएका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय