साउदीबाट एक नेपालीको शव नेपाल पठाउने व्यवस्थाका लागि आग्रह 

काठमाडौं, मंसिर २४ जिफन्ट सपोर्ट ग्रुप, साउदी अरेवियाले एक नेपालीको शव नेपाल पठाउन सहयोग गरिदिन साउदी स्थीत नेपाली दुतावासलाई अनुरोध गरेको छ । 

सपोर्ट ग्रुपका साउदी संयोजक राज तामाङले पत्र लेख्दै सहयोगका आग्रह गर्नुभएको हो । नोभेम्वर ३० मा आफूहरुलाई प्राप्त निवेदन अनुसार ८ महिना अघि साउदी पुगेका एक नेपालीको मृत्यु भएको र उनको शव नेपाल फर्काउन पत्रमा आग्रह गरिएको छ । 

राफामा सडकमा दुर्घटनमा परी मृत्यु भएका लीलाभक्त कार्कीको शव नेपाल पठाउन उनी कार्यरत कम्पनीले चासो नदेखाएको पत्रमा उल्लेख छ । हाल कार्कीको शव स्थानीय एक सरकारी अस्पतालमा राखिएको जिफन्ट सपोर्ट ग्रुपले जनाएको छ । 

पत्रमा कार्कीको शवलाई नेपाल पठाउन र उनको परिवारलाई क्षतिपूर्ति दिलाउन पहलका लागि अनुरोध गरिएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय