
काठमाडौं, मंसिर २४- विहिवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २८ पैसा र विक्रि दर २९ रुपैंयाँ ४५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५८ पैसा रहेको छ । रियाल, दिरहम सवैमा अघिल्लो दिनभन्दा केहि बृद्धि भएको हो ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ११ पैसा छ । यो अघिल्लो दिनभन्दा थोरै कम हो । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिट केहि समययता २५ रुपैंयाको हाराहारीमा कायम छ । यसअघि रिंगिटको सटही दरमा धेरै कमि आइसकेको छ । त्यसैले यो ठूलो गिरावटले धेरै नेपालीलाई चिन्तित बनाएको छ ।
कुवेती दिनारको खरिददर ३५१ रुपैंया ३० पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ६७ पैसा छ । दुवैको सहटी दर अघिल्लो दिनभन्दा बढी हो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।