
दुबई, मंसिर २४– मानबीय कार्यको उच्चतम कार्य रक्तदान कार्यक्रमको लागि नेपाली दुताबासले भवन उपल्ब्ध नगराएको भन्दै केही युएईबासी नेपालीले रोष प्रकट गरेका छन ।
ईसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको अवसरमा नेपाली समुदायद्धारा ११ डिसेम्बरका दिन नेपाली राजदुताबासको हलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । नेपाली समुदायका अध्यक्ष बिदुर राउतका अनुसार निज स्वयमले २ महिना अगाडि राजदुत धनन्जय झालाई भेटेर सो कामका लागि मौखिक अनुमती मागेका थिए । राउतले अन्तिम समयमा आएर केही ब्यक्तीहरुको उक्साहटमा लागेर दुताबासले राजनीति गरेको आरोप लगाएका छन । ‘राजदुताबासमा राजनीतिक दलका भातृ संगठनका कार्यक्रम हुनु हुने, यस्तो मानबीय सेवाको काम हुनु नहुने हो र ? कुरा गम्भिर छ हामी १२ तारिख पछाडि दुताबासको पर्दाफास गर्नेछौ । आवश्यक परे अख्तियारसम्म पनि जान पछि पर्ने छैनौ’ युएईका संचारकर्मीहरुसँग बोल्दै राउतले भने ।
यस् अगाडी दुताबासले एक सुचना जारी गर्दै केही संघसंस्थाले डिसेम्बर ११, २०१५ मा नेपाली राजदुताबास, अबुधाबीमा रक्तदान कार्यक्रम भन्दै गरेको प्रचार प्रसार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । ‘उक्त दिन दुताबासमा कुनै कार्यक्रम नभएको र यस्तो प्रचारबाजीको पछाडी नलाग्न नेपाली दुताबास, अबुधाबी सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ’ दुताबास द्वारा जारी सुचनामा भनिएको छ ।
‘नेपाली समुदाय युएईले आयोजना गर्न गईरहेको रक्तदान कार्यक्रममा केही साथीहरुले असफल पार्ने तयारी गर्दै छन भन्ने खबरले निकै दुखी बनायो। यस्तो मानबिय सहयोगमा पनि यसरी खुट्टा तान्न खोज्ने ब्यक्तीलाई म के भनु ? साथीहरु सके राम्रो काम गरौ नसके अरुको काममा बाधा नपुर्याउ । अहिले आयोजना हुन गईरहेको कार्यक्रम युएईको बल्ड बैंकसँग समन्वय गरेर हुन गईरहेको हुँदा यसले कुनै ब्यक्ती वा संस्थालाई हैन पुरा नेपालीहरुको लागि नै राम्रो अबसर र राम्रो बिषय हो भन्ने महसुस गरेको हुँदा सबैलाई हातेमालो गरी सफल बनाउन को निम्ती अनुरोध गर्दछु।’ अर्खाखाची सम्पर्क समिती, युएईका अध्यक्ष राजु खड्काले सामाजिक सञ्जालमा लेखेका छन ।
त्यसैगरी बाग्लुङ समाज युएईका अध्यक्ष पीताम्बर पाण्डेले पनि दुताबासको उक्त कार्यको लागि असन्तुस्टी जनाएका छन । नेपाली जनसंपर्क समितिका अध्यक्ष चित्र केसीले रक्तदान जस्तो सेवाजन्य कार्यलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन ।
यसैबीच नेपाली समुदायले एक बिज्ञप्ती प्रकाशित गर्दै कार्यक्रम तोकिएको समयमा नै हुने स्पस्ट पारेको छ । नेपाली समुदाय, युएई २५ बर्ष पहिले गठन भएको नेपाली समाज युएईको अगस्टमा सम्पन्न अधिबेशनमा अध्यक्ष पदमा हारेका उम्मेद्वार बिदुर राउतले खोलेको नयाँ संगठन रहेको छ । नेपाली समाजमा राजनीति हाबी भएको भन्दै उनले आफु नेपाली समाजबाट अलग भई नेपाली समुदाय गठन गरेका थिए ।