काठमाडौं, मंसिर २३ बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २५ पैसा र विक्रि दर २९ रुपैंयाँ ४१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ छ भनें विक्रि दर २९ रुपैंयाँ १६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५५ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ १६ पैसा छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिट केहि समययता २५ रुपैंयाको हाराहारीमा कायम छ । यसअघि रिंगिटको सटही दरमा धेरै कमि आइसकेको छ । त्यसैले यो ठूलो गिरावटले धेरै नेपालीलाई चिन्तित बनाएको छ ।
कुवेती दिनारको खरिददर ३५० रुपैंया ७० पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ २९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।