‘कतार नेपालको असल मित्र’

काठमाडौं, मंसिर २२- उपराष्ट्रपति नन्दबहादर पुनसँग नेपालका लागि कतारका राजदूत अहमद जासेन मोहम्मद अली अल हमरले आज उपराष्ट्रपति कार्यालय बहादुरभवनमा शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति पुनले कतार नेपालको असल मित्र भएको बताउँदै चार लाख नेपाली मजदुर उक्त मुलुकमा कार्यरत रहेको समेत स्पष्ट पारे । 

नेपाली अर्थतन्त्रको एउटा आधार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण भएको उल्लेख गर्दै उनले कतारले आयोजना गर्न लागेको २०२२ को विश्कपको सफलताको शुभकामना पनि दिएको उपराष्ट्रपति पुनका स्वकीय सहसचिव तुलसी डाँगीले जानकारी दिए। 

उपराष्ट्रपति पुनले नयाँ संविधान कार्यान्वयनको क्रममा विभिन्न भौतिक पूर्वाधारहरु पनि निर्माण गर्नुपर्ने हुँदा सोको लागि नेपाली जनताले कतारसँग सहयोगको अपेक्षा गरेको बताए । उनले नेपालको संविधान उत्कृष्ट भएको बताउदै नयाँ संविधानले उत्पीडित जाति, वर्ग, समुदाय र क्षेत्रको उज्ज्वल भविष्यको सङ्केत गरेको बताए। 

सो अवसरमा कतारका राजदूत अल्लाहमरले नेपाल कतारका असल मित्र भएको बताउँदै हालको विकसित कतार बनाउन नेपालीको पनि हात रहेको बताएका थिए । कतारका राजदूतले सन् २०२२ को विश्वकपलाई सफल पार्न कतार सरकारले गरिरहेको सबैखाले तयारीमा नेपालीको श्रम र पसिना परेको स्पष्ट पार्दै आफ्नो मुलुक धेरै मुलुकको श्रम गन्तव्य भएपनि नेपाली कामदार प्राथमिकतामा पर्ने बताए । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: