कति छ रियाल, दिरहम, दिनार, रिंगिटको सटही दर ?   

काठमाडौं, मंसिर ९ बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ १० पैसा र विक्रि दर २९ रुपैंयाँ २७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया २४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४० पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ९ पैसा छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको सटही दरमा आएको ठूलो गिरावटले धेरै नेपालीलाई चिन्तित बनाएको छ । 

कुवेती दिनारको खरिददर ३४८ रुपैंया ३३ पैसा छ । बहराइन दिनारको खरिददर २८० रुपैंयाँ ९३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय