कतार सरकारको प्रश्नः गैरकानूनी रुपमा बसेका कामदारलाई अव के गर्ने ? 

दोहा, मंसिर ९- कतारको आन्तरिक मन्त्रालयले कतारमा गैरकानूनी रुपमा बसेका आप्रवासी कामदारका बारेमा के गर्ने भनेर आफ्ना नागरिकहरुसँग सुझाव मागेको छ । मन्त्रालयले सामाजिक सञ्जालहरु फेसबुक तथा ट्वीटरमा प्रश्न सोध्दै उनीहरुलाई कसरी पत्ता लगाउने र यो समस्या समाधानको उपाय के हुन सक्छ भनेर सोधेको हो । उसकै भाषामा ‘भगौडा कामदारहरु’ कतारको सामाजिक, सुरक्षा तथा आर्थिक रुपमा पनि चुनौतिपूर्ण भएका भन्दै समस्याको प्रभावकारी समाधानका लागि सुझाव दिन मन्त्रालयले आफ्ना नागरिकसँग आग्रह गरेकोे छ । 

त्यसरी भागेका कामदारलाई काममा लगाएर कतारमा रोजगारदाताहरुले खतरा बढाएको मन्त्रालयको ठहर छ । यसले अन्य निर्दोष व्यक्तिलाई पिडित बनाएको सुचनामा भनिएको छ । कतिपय रोजगारदाताले समयमा पारिश्रमिक नदिएपछि तथा बस्ने व्यवस्थाको राम्रो प्रवन्ध नगरिदिएपछि कामदारहरु भागेर अन्यत्र गैरकानूनी रुपमा काम गर्ने गरेका छन् । 

कतारमा काम गर्न ल्याइएका तर ति रोजगारदातालाई छोडेर हिंडेका आप्रवासी कामदारको समस्याको प्रभावकारी समाधानको उपाय के हुनसक्छ ? यसमा हाम्रो सामाजिक भूमिका के हुन सक्छ ? यसमा तपाईंको सुझाव के छ ? मन्त्रालयद्धारा जारी आग्रहमा भनिएको छ ।  

कतारले त्यसरी लुकेर काम गरिरहेका कागजपत्रविहिन कामदारलाई सिधै समातेर स्वदेश फर्काउने गरेको छ । रोजगारीका लागि लैजाने र तलव तथा न्यूनतम सुविधा समेत नदिएर जवर्जस्ती काममा लगाउने गरिएको भन्दै कतारको विश्वमञ्चमा कडा आलोचना हुने गरेको छ । आधुनिक दासता कायम रहेको मुलुकका रुपमा कतार चित्रित छ । 

सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिताको आयोजक कतारलाई कामदारको अवस्था सुधारका लागि चर्को दवाव छ । सोही सन्दर्भमा कतारको आन्तरिक मन्त्रालयले गैरकानूनी रुपमा बसेका कामदारको समस्या कसरी सुल्झाउने भनेर सुझाव मागेको हो ।

कतारमा रोजगारदाताले भने अनुसारकोे काम र तोकिएको तलव सुविधा नदिएपछि नेपाली लगायत अन्य देशका ठूलो संख्यामा विदेशी कामदार भागेर काम गर्ने गर्दछन् । भागेर काम गर्दा केहि बढी तलव सुविधा प्राप्त भएपनि त्यसरी बसेका कामदारले धेरै प्रकारका समस्या झेल्ने गर्दछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय