कतारमा नेपाली लगायतका कामदार आन्दोलनमा उत्रेपछि निर्माणको काम ठप्प 

दोहा, मंसिर ८- एक निर्माण कम्पनीले समयमा तलव भुक्तानी नदिएपछि कतारमा नेपाली सहित भारतीय, बंगलादेश र फिलिपिन्सका कामदार आन्दोलनमा उत्रेका छन् । आन्दोलनका कारण सो कम्पनीको निर्माणको काम रोकिएको छ । 

कतारबाट सञ्चालित समाचारमूलक अनलाइन दोहा न्यूजका अनुसार मिसरिव कम्पनीका लागि काम गरिरहेका सयौं कामदार काम रोकेर आन्दोलनमा उत्रेका हुन् । यो कतारमा देखिने विरलै घटना मध्येको एक भएको समाचारमा जनाईएको छ । श्रमिकको आन्दोलनका कारण निर्माणको जिम्मा लिएको डार्क एण्ड स्कल कम्पनीले भनें एकपटक ढिलो तलव भुक्तानी भएको विरोधमा कामदार उत्रेको बताएको छ । सो कम्पनीले कतार सरकारले हालै गरेको नयाँ व्यवस्थाका कारण तलव भ’क्तानीमा ढिलाइ भएको प्रष्टिकरण दिएको छ । 

प्रत्यक्षदर्शीहरुका अनुसार झण्डै ४ सय कामदार काम रोकेर बसेका छन् । धेरैजसो विरोध प्रदर्शन शान्तिपूर्ण भएपनि कतिपयले भनें सुपरभाईजरहरुसँग निक्कै झगडा समेत गरेको समाचारमा उल्लेख छ । कतिलय कामदारले आक्रोशित भएर एयर कण्डिसन समेत फुटाई दिएको र ढोका तथा झ्याल तोडफोड समेत गरेको जनाइएको छ । 

प्रहरीको मध्यस्तथतामा कामदारहरु लेवर क्याम्पमा फर्किन राजी भएका थिए । आक्रोशित कामदारहरुले आफूहरुसँग खानाखाने रकम समेत नहुँदा समेत कम्पनीले तलव दिन नमानेको बताएका छन । कतारमा आन्दोलन हुनु र काम रोकिनु अत्यन्तै कम हुने गर्दछ । आप्रवासी कामदारको बढ्दो संख्याका बीच हुन थालेको हड्तालले स्थानीय प्रहरी प्रशासनलाई चिन्तित बनाएको समाचारमा उल्लेख छ । 

यस्तो प्रदर्शन पछि आप्रवासी कामदारलाई कतारले स्वदेश फिर्ता पठाउने गरेको छ । त्यसैले कतारमा कामदारलाई दासको व्यवहार गर्ने गरिएको भन्दै कडा आलोचना हुने गरेको छ । ढिलो तलव दिइनु वा तलव नै नदिई काममा लगाइनु कतारमा कामदारले गर्ने मुख्य गुनासो हो । यसले सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिताको आयोजक कतारलाई पनि समस्यामा पार्दै आएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय