काठमाडौं, मंसिर ८- साउदी अरेवियाको जुवेल स्थीत विभिन्न क्षेत्रमा कार्यरत श्रमिकको भेलाले शम्शेर तामाङको अध्यक्षतामा जिफन्ट सपोर्ट ग्रुप, जुवेल क्षेत्रीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा ज्ञानबहादुर खाती, सचिव श्याम विश्वकर्मा, सहसचिव मेघा बस्नेत तथा कोषाध्यक्षमा सुरेश लम्साललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
कमिटीको सदस्यमा दिबहादुर नेपाली, रेशम घर्ती, होमबहादुर कार्की, लक्ष्मण विक, गोविन्द थापा, अमर बुढा, शम्शेर अधिकारी, रामबहादुर पाण्डे तथा राजु विकलाई चयन गरेको छ । कमिटीको सल्लाहकारमा रामबहादुर तामाङ तथा जीवराज बेलवासेलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै विशेष अतिथि जिफन्ट सहयोग समूह साउदी अरेबियाका संस्थापक राज तामाङले अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) र प्रवासी श्रमिक हक हित सम्बन्धि विभिन्न महासन्धिहरुका बारेमा प्रष्ट पारेका थिए । उनले निर्वाचित कमिटिका बधाई तथा शुभकामना प्रकट गरे ।
कार्यक्रममा सहभागि जिफन्ट आवद्ध क्यूपेक नेपालका सदस्य सुरेश लाम्सालले जिफन्ट जस्तो श्रमिक श्रमिकमैत्री संस्था अरु नभएको भन्दै सबैले आफनो शीर माथिको भारी बोक्न तयार रहनुपर्ने धारणा राखे ।