रसायनिक मलको अभाव 

काठमाडौँ,  मङ्सिर ८- धान भित्र्याएर गहुँ लगाउने बेलामा रासायनिक मलको अभाव भएकाले काठमाडौँकै हजारौँ रोपनी जमिन बाँझै बसेको छ ।  धान भित्र्याएपछि गहुँ लगाउन मलको खोजीमा लाग्दा पाउन नसकेपछि खेत बाँझै राख्न बाध्य हुनुपरेको कृषकको गुनासो छ । बूढानीलकण्ठ नगरपालिका–१६ चुनिखेलका रुद्रबहादुर श्रेष्ठ तिहारअघिदेखि मल खोज्दा पनि पाउन नसकेपछि अहिलेसम्म खेत बाँझै रहेको बताउँछन् ।  

विगत वर्षहरुमा चुनिदेवी कृषि सहकारीले घर आँगनमै मल पु¥याउने गरेकामा यस वर्ष भारतको अघोषित नाकाबन्दीका कारण पाउन नसकिएको उनले बताए ।  “वीरगन्जपारि मल आएर रोकिएको भन्दै कृषि सामग्री संस्थान लिमिटेडले यस वर्ष वितरण गर्न नसक्दा हजारौँ रोपनी जग्गा यस वर्ष बाँझै राख्नुपरेको छ, मल हाल्ने बानी परिसकेकाले नहाल्दा उब्जनी हुँदैन, बजारमा खाद्य सामग्रीको अभाव भएका बेला खेतीयोग्य जमिनमा कमाइ गर्न नसकेपछि हाम्रो बिल्लीबाठ हुने भयो” – समस्या सुनाउँदै उनले बताए ।  

लिमिटेड र जिल्ला कृषि विकास कार्यालय, काठमाडौँमा पटक पटक धाउँदा पनि केही उपाय नलागेको उहाँको दुःखेसो छ । रु एक हजार १४० पर्ने ५० किलोग्रामको युरिया मलको बोरा अग्रिम पैसा लिएर रु दुई हजार ५०० मा कालाबजारिया भइरहँदा पनि सरकार मुकदर्शक बनेको उनले जानकारी दिए । 

कार्यालयका कृषिविज्ञ अर्जुन बराल काठमाडौँ जिल्लामा खेती भइरहेको २१ हजार २०० हेक्टर जमिनका किसानको सामूहिक समस्या नयाँ बाली लगाउने बेलामा मल नपाउनु रहेको बताए । “कार्यालयबाट केही हुनसक्छ कि भनी किसान सयौँको सङ्ख्यामा सम्पर्क गर्न आउनुहुन्छ तर हामीले पनि गर्न सक्ने केही छैन, यसका लागि लिमिटेडले नै पहल गर्नुपर्छ” – उहाँले भन्नुभयो । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: