युएईमा सुरु भयो नेपालीको अर्को व्यवसाय 

भुपराज बस्याल युएई, मंसिर ७   

पूर्बेली युवाहरुको स्रयुक्त लगानीमा दुबईको अल्कुजमा स्थापना भयको सयपत्री रेस्टुरेन्टको उद्घाटन भएको छ। काममा लामो अनुभव बटुलेका युवाहरुले सञ्चालन गरेको सो रेस्टुरेन्टलाई ब्यवसायीक र नाफा मुलक मात्र नभई सेवामुलक तरीकाबाट पनि हेर्न सकिने यसका सञ्चालकहरुले बताएका छन् । 

ठूलो संख्यामा नेपालीको बसोवास रहेको सो क्षेत्रमा हालसम्म एउटा पनि नेपाली रेस्टुरेन्ट  थिएन। नेपालीकै लगानीमा नेपाली भाषा सहित नेपाली स्वादमा घर कै झल्को मेट्न गरि खान पाउने भएपछि उक्त क्षेत्रमा रहेका नेपाली पनि खुशी छन। 

नेपाली समाज युएइका अध्यक्ष तथा बिजनेस काउन्सिलका उपाध्यक्ष्य चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा युएईका बिभिन्न संघ सस्थाका प्रमुख, समाजसेबी, पत्रकार लगायतको उल्लेखनिय उपस्थिति थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: