काठमाडौं, मंसिर ६- सरकारले खाडीका देश र मलेसियामा घरेलु कामदार पठाउन निवेदन दिएका तर सूचिकरणमा नपरेका संस्थाहरुलाई सो निर्णय उपर चित्त नबुझेको भएमा निवेदन दिन सुचना जारी गरेको छ ।
श्रम मन्त्रालय अन्तर्गतको बैदेशिक रोजगार विभागले एक सुचना जारी गर्दै निर्णय चित्त बुझ्दो नभएमा प्रमाण सहित निवेदन दिन सुचित गरेको हो । विभागले यसअघि महिलालाई घरेलु काममा लैजाने प्रकृया गर्न निवेदन दिएका १ सय ८९ वटा म्यानपावर कम्पनी मध्ये ४९ वटालाई सुचिकरण गरेको थियो ।
सो सुचिकरणमा अयोग्य ठहरिएका संस्थाहरुलाई चित्त नबुझेको भएमा ठोस् प्रमाण सहित १५ दिनभित्र निवेदन दिन सुचनामा उल्लेख गरिएको छ ।