एनआरएनए अध्यक्ष घले विवादमा, हस्ताक्षर अभियान 

लण्डन–गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अध्यक्षमा पुनः निर्वाचित भएको महिना दिन बित्न नपाउँदै विवादमा तानिएका छन्। घलेले विधानअनुरुप पदाधिकारी मनोनय नगरेको भन्दै संघका उपाध्यक्ष महासचिवलगायत ७ औं विश्व सम्मेलनबाट निर्वाचत २४ पदाधिकारीमध्ये १८ जनाले घलेविरुद्ध हस्ताक्षर संकलन गरेका छन्।

संघका महासचिव डा. बद्री केसीका अनुसार हस्ताक्षरकर्ताले हालै सम्पन्न गैरआवासीय नेपाली संघको बैठकले विभिन्न पदमा मनोनयन प्रकृयाप्रति आपत्ति जनाएका छन्। हस्ताक्षरकर्ताले गत शनिवार अध्यक्ष घलेलाई एक पत्र लेख्दै १५ नोभेम्बरमा बसेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विस्तारिक बैठकले परिषद्मा मनोनय १५ जना सदस्य तथा सल्लाहकार मनोनित गर्न अध्यक्षले राखेको प्रस्ताव विधानको विनियम २०१३ विपरित भएको भन्दै आपत्ति जनाएका छन्।

महासचिव डा. केसीले अध्यक्ष घलेले चयन गरेका सल्लाहाकारहरुसमेत नियमावली तथा विधान विपरित भएको जिकिर गरे। उनीहरुले संघको बैठकभन्दा अघि कार्यसमितिका पदाधिकारीहरुसँग समेत छलफल नगरी अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यहरु मनोनय गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

यसअघि सम्पन्न गैरआवासीय नेपाली संघको बैठकमा घलेले आफ्नै श्रीमती जमुना घलेलगायत सातौं विश्व सम्मेलनमा पराजित सदस्यलाई मनोनयन गरेका थिए। बैठक लगत्तै संघका महासचिव डा। केसीलगायतले नोट अफ डिसेन्ट लेखेका थिए। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संघभित्र विवाद चुलिएको स्वीकार गरे। उनले अध्यक्ष घलेले पछिल्लो बैठकमा बिभिन्न पदमा गरेका मनोनयले सबै पक्षलाई नसमेटेको बताए । उनले भने, ‘कार्यसमितिको बैठकमा अध्यक्षले सबै पक्षको आवाज सुन्नु पर्ने थियो, तर सुरुका दिनजस्तै एक्लै अगाडि बढ्न खोजेजस्तो देखियो । तर अहिले नै सबै बिग्रिसकेको छैन् । अध्यक्षले ठूलो छाती बनाएर सबै पक्षलाई समेटेर लैजाने वातावरण तयार गर्नुभयो भने उहाँको उचाई अझ बढ्छ र संस्थाको विवाद पनि टुंगिग्नछ।’ अध्यक्षले कार्यसमितिका पदाधिकारीलाई विश्वासमा लिएर आगाडि बढ्नुपर्ने सुझाव उपाध्यक्ष पन्तले दिए ।

घलेले महासचिव पदमा पराजित रञ्जु थापा, पुष्प थापा, उपाध्यक्ष पदमा पराजित खगेन्द्र जिसी, भुमा लिम्बुलगायतलाई विभिन्न पदमा मनोनय गरेपछि विवाद सुरु भएको हो । घलेविरुद्ध हस्ताक्षर गर्नेमा उपाध्यक्ष कुमार पन्त, महासचिव डा। बद्री केसी, कोषाध्यक्ष हिक्मत थापा, सचिव अर्जुन श्रेष्ठ, यूरोप संयोजक कुल आचार्य, अफ्रिका संयोजक सुनिल कार्की, एशिया प्यासिफीक संयोजक किरणबिक्रम थापा, मध्यपूर्व संयोजक डिबी क्षेत्री लगायत छन्।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय