उद्योगी र मजदुरबीच खटपट सुरु 

झापा, मंसिर ६-  किसान, उद्योगी र मजदुरबीचको सुमधुर सम्बन्धले लामो समयदेखि शान्त रहेको झापाको चिया उद्योगमा फेरि खटपट सुरु भएको छ। उद्योगीले मनपरी ढंगले हरियो पत्तीको मूल्य निर्धारण गरेको भन्दै किसानले विरोध जनाएका छन्। 

झापाका साना चिया किसानले उत्पादन गरेको हरियो पत्तीको मूल्य भारतीय बजारका आधारमा निर्धारण हुन थालेको लामो समय भइसकेको छ। किसान र उद्योगीबीच गत वर्ष भएको सहमतिअनुरूप भारतीय बजारको मूल्य तुलनाद्वारा हरियो पत्तीको भाउ निर्धारण हुन थालेको थियो। तर, पछिल्लो समय चिया तथा कफी विकास बोर्ड र उद्योगीले भारतीयसँगको तुलनाबेगरै मूल्य निर्धारण गरेको किसानको आरोप छ। उद्योगी र बोर्ड प्रक्रियाअनुसार नै मूल्य निर्धारण भएको बताउने तर किसान त्यो दाबी पत्याउन तयार नहुने अवस्थाले जिल्लाको चिया क्षेत्रमा फेरि तनाव सुरु भएको हो ।

‘उद्योगीले फेरि मनपरि गर्न थालेका छन्’ साना किसान झापाली चिया व्यवसायी संघ अध्यक्ष पूर्णकुमार कार्कीले भने, ‘प्रक्रियाअनुरूप मूल्य तोक्न उद्योगी पछि हटेका छन्। चिया बोर्डले उद्योगीलाई साथ दिएको छ। यसको मार किसानमा परेको छ।’ उनका अनुसार गएको साउन २४ सम्मको हरियो पत्तीको मूल्य तोकिएको छ। त्यसबेलाको मूल्यसम्म किसानको आपत्ति छैन। तर, साउन २५ देखि असोज १ सम्मको मूल्य निर्धारण गर्दा उद्योगीले मनपरी गरेको किसानको आरोप छ। त्यसपछिको मूल्यमा पनि मनपरी भइरहेको उनीहरूको भनाइ छ।

चिया क्षेत्रमा भएको सर्वपक्षीय सहमतिअनुसार बिर्तामोडस्थित नेपाल चिया तथा कफी विकास बोर्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयले हरेक साता भारतीय चिया बजारको मूल्य बुझेर स्थानीय उत्पादनको भाउ तोक्ने अभ्यास सुरु भएको थियो। तर, यस्तो अभ्यास लत्याएर मनपरी गरिएको किसानको भनाइ छ। हरेक सोमबार बोर्डको टोलीले भारत बिहारको गलगलियास्थित चन्दनबारी र बजरंगबली चिया उद्योगबाट मूल्य ल्याउने गरेको छ। सोही दिन जिल्लाका उद्योगी र किसानको संगठनलाई यसबारे जानकारी दिने व्यवस्था पनि मिलाइएको छ। विगतमा चियाको गुणस्तर निर्धारणमा समेत समस्या भएपछि त्यसमा पनि भारतीय बजारकै प्रयोग पछ्याइएको थियो। तर, अहिले यी प्रक्रिया पूरा गर्न छाडिएको छ।

उद्योगीहरू भने कोही पनि यसको जिम्मेवारी लिन तयार छैनन्। जिल्लाका अधिकतर उद्योगीले यसबारे आफूलाई थाहा नहुने बताइरहेका छन्। ुनाकाबन्दीका कारण मूल्य धेरै राख्न सकिँदैन,ु जिल्लाका एक उद्योगीले भने, ुहाम्रो तयारी चिया भने जसरी भारत पठाउन सकिएको छैन। यस्तोमा कसरी पारि ९भारत०को भाउअनुसार दाम दिनेरुु उद्योगीले पहिल्यै किनेको पत्तीको मूल्य पछि तोक्ने गरेका छन्। आफ्नै कारखाना नभएपछि किसानले बुझाउनै पर्ने बाध्यता छ। पहिल्यै किनेको हरियो पत्तीको मूल्य अहिले उद्योगीले प्रतिकेजी ९ रुपैयाँसम्म तोक्न थालेपछि किसान बिच्किएका हुन्।

झापाका चिया किसान र उद्योगीबीच हरियो पत्तीको मूल्यका विषयमा सधैं तनाव हुने गरेको छ। किसान उद्योगीले सिन्डिकेट बनाएर मूल्यमा आफूलाई ठग्दै आएको ठान्छन्। उद्योगी भने किसानले चियाको उत्पादन नै गुणस्तरीय नगर्ने भन्ने गुनासो गर्छन्। मुख्य दुई सरोकारवालाबीचको आपसी अविश्वासले चिया क्षेत्रमा बारम्बार समस्या आउने गरेको छ। तर, गत वर्ष भारतीय बजारअनुसार भाउ तोक्ने सहमति भएपछि तनाव साम्य भएको थियो। अहिले विवाद फेरि बल्झेको छ।

झापामा १० हजार हेक्टर जमिनमा चिया खेती छ। २ हजार ८ सयभन्दा बढी परिवार चिया किसान भएको जिल्लामा २६ उद्योग छन्। किसानको उत्पादन हरियो पत्ती तिनै २६ उद्योगले खरिद गरेर तयारी चिया बनाउँछन्। र, दुई तिहाईभन्दा बढी उत्पादन भारत निकासी गर्छन्। पहिल्यै चिया पत्ती लगिसकेका उद्योगीले सिन्डिकेट चलाएर आफूहरूलाई मारमा पारेको किसानको पछिल्लो गुनासो तत्काल समाधान नभए जिल्लाको सबैभन्दा ठूलो कृषि उद्यम चिया फेरि तनावको छायाँमा पर्ने निश्चित भएको सरोकारवाला नै बताउँछन्।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: